जाजरकोट भूकम्प प्रभावितका लागि १५ करोड रुपैयाँ उठ्यो

जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो ब्याङ्कहरूबाट मंसीर १ गतेसम्म प्राप्त सहयोग रकम भएको बताए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, बुद्ध एयर, राष्ट्रिय वाणिज्य ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क, सूर्या नेपाल, क्यान सेन्ट्रल पेयमेन्ट रिलिज र गोर्खा ब्रुअरीले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भएर आएको भूकम्पमा परेर एक सय ५३ जनाको ज्यान गएको छ ।

जाजरकोट भूकम्प प्रभावितका लागि १५ करोड रुपैयाँ उठ्यो

कालीकोटमा दुई समूह बिच झडप हुँदा १२

जाजरकोट भूकम्प प्रभावितका लागि १५ करोड रुपैयाँ उठ्यो

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका