झण्डै डेढ महिनादेखि त्रिपालमै भूकम्प पीडित

जाजरकोट भूकम्पबाट पीडित भएकाहरु झण्डै डेढ महिनादेखि त्रिपालमै छन् । गएको कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा क्षति भयो । सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको अनुदान रकम पीडितले प्राप्त गर्न सकेका छैनन् ।

नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्री खुला ठाउँमा त्रिपाल टाँगेर बसेका छन् । राज्यले दिने रकमको प्रतीक्षामा रहेको उनले बताए । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको भरमा चिसो तथा अभावसँग जुध्नुपरेको उनको गुनासो छ ।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्नेहरुलाई आर्थिकरुपमा अब कसरी परिवारका समस्या समाधान गर्ने चिन्ताले पिरोलेको बारेकोट गाउँपालिका–१ सिल्पाचौरका कालीबहादुर बुढाले बताए ।

उनले भने,‘घर भत्कियो, त्रिपालबाट कहिले निस्कने ? त्यसमाथि छोरीले पटक पटक हाम्रो घर कहिले बन्छ ? भनेर सोधेको उत्तर के दिनु ?’ कालीबहादुरको जस्तै समस्या धेरै भूकम्प पीडितको छ ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सरकारले घोषणा गरे पनि तत्काल अनुदान वितरणको काम शुरु नगर्दा समस्या भएको छ । भूकम्प प्रभावित नलगाड नगरपालिकामा अस्थायी आवास निर्माणको बजेट प्राप्त भएको छैन ।

जिल्ला प्रशासन कार्यालयले रकम नभएकाले निकासा दिन नसकेको जनाएको छ । भूकम्पप्रभावित जूनीचाँदे गाउँपालिकामा पनि रकम निकासा भएको छैन । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकासहित बारेकोट, कुशे, शिवालयमा रकम पुगेको छ ।

झण्डै डेढ महिनादेखि त्रिपालमै भूकम्प पीडित

बिल नभएको अवैध सामान बरामद

झण्डै डेढ महिनादेखि त्रिपालमै भूकम्प पीडित

बिसी ग्रुपद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग