साटाखानी स्थित सानाकिसान सहकारीको नाफा ७५ लाख

साना किसान कृषि सहकारी संस्था लिमिटेड, साटाखानीले ७५ लाख बढी नाफा आर्जन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ७५  लाख २८ हजार चार सय ९३ रुपैयाँ नाफा आर्जन गरेको हो ।

२० औ वार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सस्थाका अध्यक्ष यामप्रसाद आचार्यले सहकारीले किसानकालागी काम गर्दै आएको वताए । सहकारीले किसानलाई आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलले सहकारी संस्थाले उद्देश्य अनुसारको काम गर्न सफल भएको वताए । उनले कृषिलाई व्यवसायीक बनाउन आवश्यक रहेको जनाए । परम्परागत कृषिबाट आम्दानी लिन नसकिने भएकाले व्यवसायीक हुनु आवश्यक रहेको उनको भनाई थियो । कृषि उत्पादनकालागि लागत घटाउन आवश्यक रहेकाले नगरपालिकाले त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उनको भनाई थियो ।

इनइलम परियोजना, हेल्भेटास नेपालका कर्णाली प्रदेश संयोजक टेकबहादुर सिंहले सहकारीले गरेका काम प्रभावकारी भएको वताए । उनले देशको अर्थतन्त्र बलियो बनाउन घरबाटै शुरु गर्नुपर्ने वताए । सहकारीले गर्ने हरेक कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरे । किसानको उत्पादन वढाउनका लागी सहकारीले उनीहरुको उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी अर्जुन सापकोटा तथा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी र जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो ।

साटाखानी स्थित सानाकिसान सहकारीको नाफा ७५ लाख

प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण

साटाखानी स्थित सानाकिसान सहकारीको नाफा ७५ लाख

इलाका प्रहरी चाैकी असुरक्षित, नयाँ भवन हस्तान्तरण