लाभग्राही परिवारलाई २४ करोड बढी भुक्तानी

भूकम्प प्रभावित १० हजार एक सय ५३ परिवारले अस्थायी आवास निर्माण सम्झौता गरेका छन् । हालसम्म स्थानीय तहले ५९ हजार एक सय ६२ लाभग्राही कायम गरेका थिए । आवास निर्माण सम्झौता भएकामध्येलाई २४ करोड ६२ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी कुल दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोवास गर्न थालेका छन् ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित जिल्लाहरुमा हालसम्म एक अर्ब ४१ करोड रुपैयाँ निकासा भै सकेको छ ।

प्रभावित जिल्लाहरुका स्थानीय तहका खातामा हालसम्म एक अर्ब चार करोड आठ लाख २५ हजार रुपैयाँ खातामा पुगिसकेको प्राधिकरणले जनाएको छ ।

पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोश्रो किस्ता बापत लाग्ने रकम दुई अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन समेत माग भएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार शुरुमा २८ हजार लाभग्राही कायम गरिएका थिए । उनका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए ।

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयबमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुमपश्चिम, बझाङ, बजुरा र सल्यानमा रकम निकसा भइसकेको प्रवक्ता खड्काले बताए ।

लाभग्राही परिवारलाई २४ करोड बढी भुक्तानी

चिकित्सकको सल्लाहविनै औषधी सेवन

लाभग्राही परिवारलाई २४ करोड बढी भुक्तानी

नक्कली पेस्तोल देखाई सर्वसाधरणलाई धम्क्याउने एक जना