राहत नपाउँदा भूकम्प पिडितलाई झनै अप्ठारोः भूकम्प पिडित मनिलाल शर्मा

जाजरकोट नलगाड नगरपालिका वडा नं ७ मा गत १७ गते भूकम्प गएर धेरै घरहरु प्रभावित भएका छन् ।
वडा अध्यक्ष कृष्ण गिरी सहित को टोलिले राहत वितरणमा राजनिति गरेको सोही वडाका उम्मेदवार बिरबहादुर खड्काले बताए ।
राहतमा बिभिन्न संघ संस्थाले सहयोग गरेको थियो र जसमा त्यो राहत भूकम्प पिडित लाई नभई, घर भत्केका लाई नभई गरिब भनि आ–आफ्नो कार्यकर्ता लाई राहत रातिराति बुझाउने चलखेल भएको चन्द्रबहादुर खड्काले बताए ।
दुई दिन अघिमात्र युनिसेफ संस्थाले ५१ बोरि चामल, मसुरोको दाल तीन बोरा सहित ३२ बोरा चिउरा सहित सम्बन्धित वडा लाई दिएको प्रतिनिधि प्रकाश शर्माले बताए । सो राहतको लागि विवाद धेरै भयको थियो र त्यहि राहत वितरण गर्न अहिले २५ गते शनिवार बिहान घर नभत्किएका लाई दिइरहेको उनले बताए ।
राहत नपाउँदा भूकम्प पिडितलाई झनै अप्ठारो भएको भूकम्प पिडित मनिलाल शर्माले बताईन् । उनले राहत भूकम्प गएको ५ दिन पछि एउटा त्रिपाल,एक वटा ओड्ने कमल र बुरुस दिएको बताएकीछिन् ।
उनको दुबै घर भूकम्पले भत्किएको उनले बताईन् । दुई गोरु भएको र पानि परेका कारण कहा लग्ने के खाने भन्नेमा समस्या भएको उनले बताईन् ।
सबै पुरिएको र वडाले पार्टि फरक भनेर राहत दिन हिच्किचाई गर्ने गरेको उनको भनाई छ ।






