गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

दिलिप ढकाल

सुर्खेत । 
गाँउ घर देखि सहर बजारमा हिन्दु नेपालीहरुको महान चाड हरितालिका तिजको चहलपहल बढिरहेको बेला गुर्भाकोट नगरपालिकाका बिभिन्न वडाले तिज नृत्य प्रतियोगिता आयोजना गरेका छन् ।

एक सुचना जारि गर्दै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले यहि भदौ २९ गते तिज नृत्य प्रतियोगिता हुने जनाएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को खैरेनी मेला लाग्ने चौर सिटि हलमा बिहान १० बजे देखि प्रतियोगिता सुरु हुनेछ ।

गुर्भाकोट ८ नम्बर वडा कार्यालयको आयोजना एवं मेहेलकुना पबित्र बजार टोल बिकास सस्थाको सह आयोजनामा प्रतियोगिता हुने भएको हो ।
८ नम्बर वडाका सम्पूर्ण महिला दिदिबहिनि हरु लाई उपस्थिति भई आफ्नो मौलिक नृत्य,गित कला प्रस्तुत गरि कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्न समेत वडा कार्यालयले अनुरोध गरेको छ। उत्कृस्ट चुनियका प्रस्तुति हरुलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको समेत सुचनामा उल्लेख गरिएको छ ।

साथै वडाका सबै टोल बिकास समितिले आफ्नो टोलको नेत्तृत्व गरि कम्तिमा ३ जनाको टिम बनाई कला प्रतुत गर्नु पर्ने सुचनामा जानकारी गराइएको छ ।

गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

लागूऔषध सहित एक जना पक्राउ

गुर्भाकोट ८ मा तिज नृत्य प्रतियोगिता हुदै

YUGAAWHAN NATIONAL DAILY (2080-05-26)

This will close in 0 seconds