उपभाेक्ताबाट घुस खाने जुनिचाँदे गाउँपालिका पूर्व अध्यक्ष केसीलाई दुई वर्ष कैद

जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतले गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन ।

शेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भने, ‘उहाँ सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए । जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर हुनुभएको छ । दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो,’ केसी घुस मागेर भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका हुन् ।

केसीले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएका कामको अन्तिम भुक्तानीका लागि घुस मागेका थिए । उनी र स्थानीय विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले आपसमा मिलेमतो गरी घुस मागेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो ।

केसी र बस्नेतले घुस मागिरहेको सूचना अख्तियारमा आएपछि टोली खटाइएको थियो । उनीहरूलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले आठ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनीहरू घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । जसपछि २२ फागुन २०७६ मा दुवैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको हो ।

विशेषका उपरजिस्ट्रार कार्कीका अनुसार प्रधानाध्यापक बस्नेतलाई विशेषले सफाइ दिएको छ भने केसीलाई कैद र जरिवाना दुवै हुने सजाय सुनाइएको छ ।

न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । गाउँपालिका अध्यक्ष केसीसहित वडाध्यक्ष राजबहादुर शाहीले घुस रकम दिन बाध्य बनाएको अर्को एक मुद्दामा भने विशेषले सफाइ दिएको छ ।

सडक निर्माण कार्यमा सेवाग्राहीसँग पटक–पटक गरी २५ लाख ५० हजार रूपैयाँ घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अनुसन्धानपछि कमिसन तथा घुस भन्दै नगदै रकम लिई बैंक खातामा जम्मा गरेको, होटेल तथा रिजर्भ गाडीको भाडा तिर्न लगाएको जस्ता दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

उपभाेक्ताबाट घुस खाने जुनिचाँदे गाउँपालिका पूर्व अध्यक्ष केसीलाई दुई वर्ष कैद

लागुपदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

उपभाेक्ताबाट घुस खाने जुनिचाँदे गाउँपालिका पूर्व अध्यक्ष केसीलाई दुई वर्ष कैद

सुरक्षामा खटिने कर्णालीको प्रहरी आफै असुरक्षित