बस दुर्घटनामा दुई जनाको मृत्यु, १४ जना घाइते

दाङबाट सल्यान तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी ३१ वर्षिय सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ की ४० वर्षिय अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

तुल्सीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।घाइतेलाई प्रादेशिक अस्पताल, तुल्सीपुर पठाइएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु, १४ जना घाइते

कर्णालीमा पोषण र उत्पादनको नमिल्दो चक्र !

बस दुर्घटनामा दुई जनाको मृत्यु, १४ जना घाइते

कोरियाले २०२४ मा नेपालबाट साढे १३ हजार