कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलकुद सप्ताह

‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलकुद सप्ताह सुरु गरेको छ । प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने गरि खेलकुद सप्ताह संचालन गरिएको हो ।

प्रतिष्ठान स्थापनाको लामो समयपछि पहिलोपल्ट साताहव्यापि खेलकुद प्रतियोगिता संचालन गरिएको खेलकुद सप्ताहका संयोजक लेक्चर ओम प्रकाश काफ्लेले बताए ।
‘हामीले पहिलोपटक निकै उत्साहकासाथ खेलकुद सप्ताह मनाउन लागेका छौं,’ उनले भने । यसले खेलकुदमा रुचि राख्नेहरुलाई उत्साह दिने र आफ्नो स्वास्थ्य ख्याल राख्नलाई चेतना दिने विश्वास लिएका छौं । खेलकुदले एक अर्कोमा पारस्परिक सम्बन्ध बढाउने काम गर्ने भएकाले प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता अर्थपूर्ण रहेको प्रतिष्ठानका रेक्टर डा. डबलसिंह धामीले बताए । उनले भने, ‘मानव जिवनका लागि खेल अनिवार्य छ ।’
प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको फलस्वरूप देशका विभिन्न मेडिकल कलेजको टुनामेन्ट जुम्लामा गर्ने तयारी समेत भइरहेको छ ।
प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमबाट प्रतिभा पहिचान गर्न सहयोग पुग्ने प्रतिष्ठानका निर्देशक डा. पुजन कुमार रोकायाले बताए ।
खेलकुद कला प्रदर्शनी गर्ने माध्यम भएको प्रतिष्ठानका प्रकाशकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए । उनले भने, ‘यसले प्रतिष्ठानको गरिमा उचो बनाउने काम गर्नेछ । शारीरिक रुपमा स्वस्थ भयो भने मानसिक र सामाजिक रुपमा पनि स्वस्थ्य भइने हुनाले खेल जरुरी रहेको प्रतिष्ठानकि नर्सिङ डाइरेक्टर सविना थापाले बताइन् ।
प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, टक अफ वार, ब्याडमिन्टन, एथलेटिक्समा एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौड हुने आयोजकले जनाएको छ ।






