मुगुमा सामूहिक हत्या गरिएका चारैजनाको शव शुक्रवार दाहसँस्कार

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रवार दाहसँस्कार गरिएको छ।

घटना भएको आठ दिन र शवको पोष्टमार्टम भएको चार दिनपछि मात्रै चारैजनाको सामूहिक दाहसँस्कार गरिएको हो। घटनाको कारण र हत्यारा प्रहरीले पत्ता नलगाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् । कात्तिक ८ गते बुधवार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रवार बिहान मात्रै जानकारी पाएको थियो।

जानकारीपश्चात् घटनास्थल पुगेको  प्रहरीले २८ वर्षिय श्रीदेवी बोहोरा, ११ वर्षिय छोरा मनोज, आठ वर्षिय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो।जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शव गल्दै गएकाले समयमै दाहसँस्कार नभए अस्पताल क्षेत्रमा  दुर्गन्धित  फैलिने त्रास थियो,चिकित्सक अर्जुन भामले भने।

शुक्रवार विहान छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि दिपक बोहोरा शव बुझ्न र दाहसँस्कार गर्न सहमत भएका थिए।

श्रीदेवी र ११वर्षिय छोरा मनोजको शव जलाइएको छ भने ८ महिने छोरा रहर र ८ वर्षिय छोरी अप्सराको शव जमिनमा गाडिएको छ।

मुगुमा सामूहिक हत्या गरिएका चारैजनाको शव शुक्रवार दाहसँस्कार

हुम्लामा नयाँ प्रहरी प्रमुख

मुगुमा सामूहिक हत्या गरिएका चारैजनाको शव शुक्रवार दाहसँस्कार

भूकम्पमा नलगाड उपप्रमुख सिंहसहित ७० बढीकाे मृत्यु,

This will close in 0 seconds