सुर्खेतका पुष्प उत्पादकहरु एकजुट

सुर्खेतमा व्यवसायिक रुपमा फूल (पुष्प) खेती गर्दै आएका किसानहरु संगठित भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिरावहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको छ ।
जसको उपाध्यक्ष उविसरा थापा, सचिव विनोद शर्मा, सहसचिव अशोक चौधरी र कोषाध्यक्ष रुवि आचार्य रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रसाद भण्डारी, मानवहादुर राना, प्रशुराम धमला, रिता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश विसी रहेका छन् ।
व्यवसायिक रुपमा उत्पादन शुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउँ तथा समस्या पैरवी गर्ने सस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ ।
एउटै वस्तु उत्पादन गर्दै आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले वताए ।
सुर्खेतमा नै उत्पादन भएको फूलको प्रयोग गर्न तथा प्लास्टीकजन्य माला आयातमा रोक लगाउन संघले माग गरेको उनको भनाई छ । स्थानीय स्तरमा व्यवसायीले रोजगारीका अवसर सिर्जना गरेकाले सरकारले समेत सहयोग गर्नु भनेको उनको भनाई थियो ।
व्यवसायीक रुपमा उत्पादन भएपनि फूलको वजार मुल्य एकरुपता नभएकाले थोक तथा खुद्रा मुल्य निर्धारण गरिएको अध्यक्ष घर्तीले वताए । उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै थोकमा प्रती केजी दुई सय ५० देखी तीन सय सम्म उपलब्ध गराइने उनले वताए । ‘न्युनतम खरिदको आधार वनाएर सो मुल्यमा फूल उपलब्ध गराउने निर्णय गरेका छौं, उनले भने ।
स्थानीय व्यवसायीले वाहिरवाट खरिद गर्ने मुल्यमा नै उपलब्ध गराई उपभोक्तालाई समेत सस्तोमा फूल उपलब्ध गराइने उनको भनाई थियो ।
कार्यक्रममा लघु औद्योगिक ग्रामका अध्यक्ष उदीराम डांगीले कम लगानीमा उत्पादन वढाउन आग्रह गरे ।
तिहार लक्षीत मात्रै भन्दा फूलका अन्य उत्पादनका लागी समेत ध्यानदिनुपर्ने वताए । सुर्खेतमा १२ महिना नै फूलको उत्पादन आवश्यक रहेकाले किसानले त्यसतर्फ ध्यानदिनुपर्ने वताए ।
फूलको प्रयोग वढाई प्लास्टीक जन्य वस्तु घटाउन आफूले सक्दो सहयोग गर्ने उनको भनाई थियो । युवा वैज्ञानिक राजेन्द्र विष्टले फूलबाट विभिन्न किसिमका सुगन्धित तेल निर्माण गरिने भएकाले उत्पादनकर्ताले तिहार लक्षित मात्रै नभइ निर्यातकालागी ठुलो मात्रमा उत्पादन गरिनु पर्ने वताए ।
उत्पादन वढेपछि वजारका लागी समेत सहजहुने भएकाले त्यसतर्फ ध्यानदीन आग्रह गरेका थिए । कार्यक्रमा व्यवसायीक रुपमा फूल खेतीगर्दै आएका किसानको सहभागिता रहेको थियो ।





