बालविवाह न्यूनीकरणका लागि सचेतना

कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

जुम्ला जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन जुम्लामा अझै कायमै छ । हुनत जिल्लाका स्थानीय तह तथा गैरसरकारी कार्यालयले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् । तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने सकेको छैन ।

जिल्लाका १ नगरपालिका र सात गाउँपालिकाको बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालनमा छ । तर यहाँको यकीन तथ्याङ्क भने पाइँदैन । न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन् ।

यहाँका स्थानीय तहले सबै वडा तथा विद्यालयमा गत वर्ष बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।
उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्नका लागि ज्योतिष, धामीझाँक्री र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर सचेतनामूलक कार्यक्रम पनि नभएको होइनन् । उमेर पूरा नभएकाको विवाह कार्यमा सहभागी नहुन पण्डित, जनप्रतिनिधि र धामीझाँक्रीलाई भनिएको छ । ‘बालविवाहलाई शून्यमा ल्याउन बालमैत्री शासन कार्यक्रमले पनि निरन्तरता पाइरहेका छन् ।

८ वटै स्थानीय तहमा बालविवाह न्यूनीकरण अभियानमा सचेतनामूलक कार्यक्रम गर्न प्रत्येक वर्ष रकम विनियोजन गरिन्छ । बालबालिकाका घरमै पुगेर उनीहरुबीच परामर्श लिने र छिटो उमेरमा नै विवाह गरेका असरबारे सचेत गराउने काम भइरहेको छ ।

उमेर नपुग्दै विवाह गर्ने जोडीलाई गाउँपालिकाबाट दिइने सेवा सुविधा कटौती गरिने चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले बताए । उनले,‘भने नगरपालिकाले विद्यालय तथा समुदायमा प्रहरीको साझेदारीमा बालबिबाहका असर, यसले शारीरिक तथा मानसिकरुपमा पार्ने असरलगायतका सम्बन्धमा जनचेतना फैलाउने काम गरेको छ ।’ यहाँ पनि लक्षित वर्गअन्तर्गत महिला, बालबालिकाको क्षेत्रमा छुट्याइएको बजेटबाट कार्यक्रम गरिँदैछ । बालविवाह गरेमा सजायको कानून बनेपछि पहिलाको तुलनामा केही हदसम्म कम हुदै गएको कठायतले बताए ।

कम उमेरमा नै विवाह गर्न पाइँदैन भन्ने चेतना भएपनि कतिपयले फाट्टफुट्ट आफ्नै राजीखुशीमा विवाह गरेको पाइन्छ ।मोबाइल ईन्टरनेटका कारण पनि केही सचेत भएका छन् । भने केही प्रबिधिको प्रयोगले गर्दा बिहे गरेर घरजम गर्ने प्रबृत्ति पनि बढेको छ ।

सचेतनामूलक कार्यक्रमले बालबालिका, अभिभावक सचेत त भएका छन् तर संख्यात्मक रुपमा भने कमी भने आइसकेको अवस्था छैन । जनगाणना २०७८ का अनुसार कर्णालीमा ७२ दशमलव ५० प्रतिशत वालविवाह भएको देखिन्छ ।

रुकुम, ७१ दशमलव शुन्य ६ प्रतिशत, दैलेख ७० प्रतिशत, सल्यान ६९ दशमलव ६७ प्रतिशत, जुम्लामा ६९ प्रतिशत रहेको वालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीको तथ्यांकमा उल्लेख छ ।

बालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीले जुम्लामा दुई दिने सचेतना कार्यक्रमको आयोजना गरि यस्तो तथ्यांक सार्वजनिक गरको थियो । संजालमा आवद्ध संस्थाहरु तथा वालविवाहको विरुद्धमा सरोकार राख्ने निकायहरुलाई सजाल गठनको उद्देश्य, काम कर्तब्य र अधिकारका बिषयमा स्पष्ट पारिएको थियो ।

साझा सञ्जालका अध्यक्ष पवित्रा शाहीले कर्णालीमा वालविवाह झन बढ्दै गईरहेकोले अभियान आवश्यक छ । प्रदेश स्तरीय कार्यविधि तयार पारि अभियान शुरु गरिएको अध्यक्ष शाहीले बताइन् । स्वास्थ्य कार्यालय अनुसार जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै गएको छ ।

गत आर्थिक बर्ष आठ सय ४० जना किशोरी स्वास्थ संस्थामा सुत्केरी भएका थिए, भने यस आर्थिक बर्षमा यो संख्या तीन सय १० मा झरेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा एक सय २७ जना किशोरी सुत्केरी भएको उल्लेख छ ।

सिंजा गाउँपालिकामा पाँच जना २० बर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । गुठिचौर गाउँपालिकामा ४३ जना, पातारासी गाउँपालिकामा ४१, हिमा गाउँपालिकामा २७, तिलामा २२ जनाले उमेर नपुग्दै बच्चा जन्माएका स्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले बताए ।

यस्तै सिंजामा तातोपानीमा २१ जना र कनकासुन्दरीमा २४ जना सुत्केरी भएको तथ्यांकमा उल्लेख छ ।

बालविवाह न्यूनीकरणका लागि सचेतना

YUGAAWHAN NATIONAL DAILY (2080-07-17)

बालविवाह न्यूनीकरणका लागि सचेतना

३० वर्ष कटेपछि डेटिङ गर्दै हुनुहुन्छ ?

This will close in 0 seconds