माओवादीकी नेत्री गोमा गौतम संगठन बिस्तारमा मुगु जिल्लाका गाउँ–गाउँमा


तीन महिने अभियान लिएर देशभरि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू संगठन बिस्तार अभियान लिएर वडास्तरको गाउँ–गाउँमा पुगेका छन् ।

संगठन सुदृढीकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरूले टोल अभियानमा जुटेका हुन् ।

शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाव्यापी सदस्यता नबिकरण, पार्टी र जनवर्गीय संगठन पुर्नगठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको मुगु जिल्ला इञ्चार्ज गोमा गौतम( कुवँरले) बताइन् ।

संघीयता, समावेशी, गणतन्त्र, संविधान जस्ता राजनीतिक उपलब्धी माओवादी आन्दोलनबाट प्राप्त भएको सन्देश लिएर टोल टोलमा पुग्ने कार्यक्रम बनाएका छौं ,उनले भनिन् । कार्यकर्ताहरूको भावना, विचार, अपेक्षा र गुनासो सुन्ने, समस्या सम्बोधन गर्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएको धारण व्यक्त गरिन् ।

अभियानका क्रममा जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, सहिद परिवार र शुभचिन्तकहरूलाई भेट्नुका साथै संगठनमा जोडेर सक्रिय बनाउने नीति लिएका छन् ।

नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिले मुगु जिल्लाको इन्चार्जको जिम्मेवारी दिएपछि ४ वटा स्थानीय तह तथा ४५ वटा वडा रहेको मुगुमा पाटीका नेताहरू र निकट संगठनका नेताहरू गाउँ–गाउँमा पुगेर वडा र टोलस्तरमा संगठन विस्तारलाई ध्यान दिएको उनको भनाइ छ ।

जिल्लाका सबै स्थानीय तहमा पार्टी संगठन निर्माणमा जुटेका छौँ, सबै उत्साही भएर लागेका छन्। माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरू गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका माओवादीको कमीकमजोरीको आत्मआलोचना गर्दै संगठन निर्माणमा नेताहरू गाउँ–गाउँमा खटिएको हो, संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा गर्दै जनताहरूको घरदैलोमा पाटीको नेताहरू पुग्ने क्रम जारी रहेको उनी बताउँछिन् ।

अभियान देखि जनता उत्सहित

माओवादी पार्टीको ३ महिने विशेष रुपान्तरण अभियान देखि जनता उत्सहित बनेका छन ।

केन्द्रिय पार्टीको निर्णय अनुसार सुरु भएको यो अभियान मुगुमा झन् व्यापक रूपमा चलिरहेको छ । वि.सं २०६२-६३ को जनयुद्ध पछि माओवादी पहिलोपटक जनजनमा माओवादी ,घरघरमा माओवादी भन्ने मूल नारा सहित माओवादी विशेष रुपान्तरण अभियानको सिलसिलमा मुगुमा मात्र नभई देश भरिकै जनताको घर घरमा पुगेको छ ।

गोमाले भनिन्, ‘मुगुमा यो अभियान सुरु भए देखि यता समाजिक अभियान्ता देखि बौद्धिक युवा लेखक समेतले माओवादी पार्टी रोजेपछि माओवादी पार्टी झनै बलियो बन्दै गइरहेको छ ।’

यसरी माओवादी पार्टी बलियो बन्दै जाने हो भने आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेमा कुनै शंका छैन । यो अभियानको सिलसिलामा अधिकाश माओवादीमा प्रवेश गर्ने जनलहर छ । आर्थिक अनियमितता भष्ट्रचार ढिलासुस्ती लगायत सामाजिक रुपान्तरणको अभियानमा युवाहरुको साथले माओवादी थप उत्साहित बन्दै गएको छ ।

पार्टी प्रवेशले अन्य पार्टीलाई आगामी निर्वाचनमा माओवादी चुनौती बन्ने देखिएको छ । उनका अनुसार पछिल्लो समय माओवादी प्रति जनताको भरोसा बढेको पाइएको छ ।

माओवादीकी नेत्री गोमा गौतम संगठन बिस्तारमा मुगु जिल्लाका गाउँ–गाउँमा

कर्णालीमा लगानी सम्मेलन फागुन महिनाभित्र गरिसक्ने तयारी

माओवादीकी नेत्री गोमा गौतम संगठन बिस्तारमा मुगु जिल्लाका गाउँ–गाउँमा

शुक्रवार देखि सरकारी कार्यालय अपरान्ह ४ बजे