जुम्लामा करेन्ट लागेका युवाको उपचारका क्रममा मृत्यु

मंसिर १, जुम्ला ।

जुम्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–५ का १९ वर्षीय राजेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । सोलारको पोल ठड्याउँदै गर्दा बिजुलीको तारसँग छोइएर रावतलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका रावतको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए । करेन्ट लागेर सोही वडाका २८ वर्षका शंखु चौलागाईं र धनवीर रावत सामान्य घाइते भएका छन् ।

घाइते रावतको उपचारपछि डिस्चार्ज भएको र चौलागाईंको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

जुम्लामा करेन्ट लागेका युवाको उपचारका क्रममा मृत्यु

जापानमा नेपालीको चक्कु प्रहारबाट हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *