विद्यालयको सामग्री चोरी गरेको आरोपमा ७ जना पक्राउ

स्याङ्जा,२ पाैष  ।

स्याङ्जाका दुईवटा सरकारी विद्यालयका कम्प्यूटर लगायतका सामग्री चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार फेदिखोला गाउँपालिका–४ स्थित आरुखर्क आधारभूत विद्यालय र राम्चेदेवी आधारभूत विद्यालयका कम्प्यूटर, प्रोजेक्टर, फोटोकपी मेशिन, प्रिन्टर एक÷एक वटा, मल्टिप्लग तीनवटा, विद्यालय सुधार योजना पुस्तक चोरी भएको थियो।

उनीहरू सामग्री चोरी गर्ने, ओसारपसार र बिक्री वितरणमा संलग्न देखिएको प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा फेदिखोला गाउँपालिकाका २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार, पुतलीबजारका १९ वर्षीय समिर सुनार, पोखरा महानगरपालिका ३७ वर्षीय दीपेन्द्र पोखरेल र २१ वर्षीय प्रवीण नेपाली, लमजुङका २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरालाई चोरीको आरोपमा पक्राउ गरी कानूनी कारवाही अघि बढाइएको उपरीक्षक रवीन्द्र खनालले जनाए।

गएको फागुन २२ गते र २४ गते ३ दिनका बीचमा रातिको समयमा उनीहरूले विद्यालयको कक्षा फोरेर सामान चोरेर फरार थिए। चोरेको ९ महिनापछि प्रहरीले उनीहरूको समूहलाई पक्राउ गरेको छ।

अन्नपुर्ण 

विद्यालयको सामग्री चोरी गरेको आरोपमा ७ जना पक्राउ

घाटा खाँदै, चिनियाँ जहाज बेच्दै निगम

विद्यालयको सामग्री चोरी गरेको आरोपमा ७ जना पक्राउ

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds