शैक्षिक शत्र सुरु भएको चार पुग्यो, तर किताब पुगेन

पुनम वि.सी.
सुर्खेत, २४ साउन ।
हुम्लाको सिमकोट गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालयहरु छन् । २०७९ को शैक्षिक शत्र शुरु भएको चार महिना पुग्दैछ । तर हालसम्मपनि पालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हातमा पाठ्यपुस्तक भने पुगेको छैन ।

सिमकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख वर्ष फँडेराले एजेन्टमार्फत आउनुपर्ने किताबहरु अहिलेसम्मपनि विद्यालयमा नपुगेको बताउँदैसन्दर्भसूचिका आधारमा शिक्षकहरुले पढाइरहेको जानकारी दिए ।

‘सदरमुकाम सिमकोट गाउँपालिकाको अवस्था यस्तो छ, यहाँका अरु पालिकाका विद्यालयको अवस्था झन कस्तो होला ?’ फडेराले प्रश्न गरे, “जिल्लाको सदरमुकामको विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन भने अन्य पालिकामा पुग्न सक्ने अवस्थामा शंका गर्न सकिन्छ ।”

यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको अवस्थापनि उस्तै छ । गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरुमा समेत अहिलेसम्म पनि पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।

पचालझरना गाउँपालिकाका शिक्षा शाखा प्रमुख नमराज शाही भन्छन्, ‘अहिले त हाम्रा विद्यालय बन्द अवस्थामा छन् । यहाँ वर्षे विदा भएको छ । पाठ्यपुस्तकको विषयमा यहाँ पनि अवस्था भने उहि नै छ । सबै किताव आईपुगेका छैनन् ।’

यसअघि पालिकास्थित विद्यालयका प्रध्यानाध्यापकहरुको बैठक समेत बसेको थियो । बैठकमा विद्यालयमा पाठ्यपुस्तक आईनपुगेको प्रध्यानाध्यापकहरुले जनाएको शाहीले उल्लेख गरे । ‘प्रध्यानाध्यापकसँगको बैठकपछि कति किताब आएछन् भन्ने विवरण त छैन । तर जहाँसम्म लाग्छ, पालिकामा कितावको समस्या भने यथावतै छ । उनले भने, अब विद्यालय खुलेपछि कति किताबको अभाव छ भन्ने यथार्थ विवरण निकाल्न सकिन्छ ।’

कर्णालीका हिमाली जिल्लामा मात्र हैन प्रदेशकै राजधानी वीरेन्द्रनगरमा समेत पाठ्यपुस्तकको अभाव छ । वीरेन्द्रनगरस्थित जन नमूना माध्यमिक विद्यालयमा समयमा नै पाठ्यपुस्तक प्राप्त नभएपछि विद्यालयले वैकल्पिक माध्यम अपनाएको छ ।

विद्यालयमा पाठ्यपुस्तक नै नआएपछि निजी कम्पनीले निकालेका किताबहरु विद्यार्थीका लागि उपलब्ध गराई अध्ययन–अध्यापन सञ्चालन गरिरहेको विद्यालयका प्रध्यानाध्यापक याम श्रेष्ठले जानकारी दिए । भने, ‘सरकारले उपलब्ध गराउने किताव नआएपछि हामीले निजी पब्लिकेसनका कितावबाट विद्यार्थीलाई अध्यापन गराईरहेका छौँ ।’

सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक नै उपलब्ध नभएको भने होइन । तर कक्षागत रुपमा मात्र केहि पाठ्यपुस्तक विद्यालयलाई प्रापत नभएका मात्र हुन् । ‘कक्षा ७ को गणित, विज्ञान र स्वास्थ्य, कक्षा ७ को नैतिक शिक्षा, कक्षा ९ को गणित र विज्ञान, कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयका पाठ्यपुस्तक विद्यालयले नपाएको उनले बताए ।

‘अंग्रेजी माध्ययमका यी किताब नपाएपछि हामीले निजी पब्लिकेशनका किताबहरु विद्यार्थीका लागि उपलब्ध गराउन बाध्य छौँ ।’ श्रेष्ठले भने, निजी पब्लिकेशनका पाठ्यपुस्तक खरिद गर्दा सरकारले उपलब्ध गराएको पाठ्यपुस्तक रकम कटाएर बाँकी रकम विद्यार्थीका अभिभावकले खर्च गर्नुपरेको छ ।

वितरण प्रणालीमा शंका
पाठ्यपुस्तक वितरणमा विद्यालय तथा पालिकाले आरोप लगाउन थालेपछि कर्णालीका पुस्तक व्यवसायीहरुले जनक शिक्षालाई यस वारेमा ध्यानाकर्षण समेत गराएका थिए । ४ देखि १० कक्षासम्मका नेपाली, अंग्रेजीलगायतका विषयका कुल ३५ प्रतिशत पाठ्यपुस्तक कर्णालीमा अभाव रहेको जनाउँदै कर्णालीको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनक शिक्षा सामाग्रीलाई ध्यानाकर्षण गराएको छ ।

‘कर्णालीमा विषयगत रुपमा हजारौँ किताव अभाव छन्’, महासंघ सुर्खेतका अध्यक्ष दिलबहादुर थापाले भने, ‘कर्णालीको अवस्थाका बारेमा हामीले जनक शिक्षालाई ध्यानाकर्षण गराएका छौँ ।’ यसका साथै, कर्णालीमा पाठ्यपुस्तक वितरण प्रणालीमा पूर्वाग्राही भएर बिक्रि वितरण भईरहेको, बिक्रिको जिल्लागत बिलमा फरक पारिएको व्यवसायीको आरोप छ ।

जनक शिक्षा सामाग्रीको आलटाल
सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गत जेठ महिनामै सूचना जारी गर्दै आवश्यकता बमोजिमका पाठ्यपुस्तक छपाई सकिएको जनाएको थियो । जेठ २३ गते सार्वजनिक सूचनामा ‘७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरु ढुवानी गरी २०७९ जेष्ठ ५ गतेदेखि बिक्रिवितरण भईरहेको’ जनाइएको थियो ।

समयमा पाठ्यपुस्तक नपुग्ने अवस्थाको वहानामा जनक शिक्षाले ‘विगतमा पाठ्यपुस्तक ढुवानी र बिक्रिवितरणको सन्र्दभमा कतिपय अवस्थामा स्थानीय बिक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयबाट समयमा नै नलैजाने, स्थानीय बिक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्ने जस्ता कारणहरुले विद्यार्थीले समयमा नै पाउनुपर्ने पाठ्यपुस्तकहरु पनि नपाएको अवस्था’ रहेको जनाएकोछ ।

तर यता जन नमूना माविका प्रधानाध्यापक श्रेष्ठले भनने पाठ्यपुस्तक नै नपाएपछि जनक शिक्षाको केन्द्रिय कार्यालयमा नै खबर गरेको उल्लेख गरे । उनले भने “एउटा विद्यालयको लागि मात्र भएपनि पुस्तक छपाईं गरी पठाउन सक्छौ भन्दै आश्वासन दिएपनि पुस्तक पाएनौँ ।”

जनक शिक्षाको भनाई पनि यस्तै छ । केन्द्रिय कार्यालयका प्रशासन प्रमुख चित्रकुमार आचार्यले टेलिफोन सम्पर्कमा भने, ‘मागको आधारमा हामी आज छापेर भोलि पठाउन सक्छौँ । अहिलेको अवस्थामा भने कर्णालीका लागि किताव बोकेका ट्रकहरु यहाँबाट हिडिसकेका छन् । किताब पुग्छन् ।’

‘कर्णालीलाई पुग्ने किताब ल्याएको छु’
जनक शिक्षा सामाग्री केन्द्रको वीरेन्द्रनगर स्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले भने अभाव रहेका पाठ्यपुस्तक केहि दिनमै वीरेन्द्रनगर आईपुग्ने बताए । पाठ्यपुस्तककै लागि संघीय राजधानी काठमाडौं पुगेको जनाँउदै उनले भने, ‘कर्णालीलाई पुग्ने पाठ्यपुस्तक ल्याएको छु ।’

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार

शैक्षिक शत्र सुरु भएको चार पुग्यो, तर किताब पुगेन

YUGAAWHAN NATIONAL DAILY (2079-04-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *