किरण भुजेल र अस्मिता अधिकारीको ‘सपना’ सार्वजनिक [भिडियो]

काठमाडौं : गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन्। भिडियोमा उनीहरु प्रेमिल देखिएका छन्।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले कोरीयोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्य सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन्।

भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । गीतको अडियो तथा भिडियो ‘भावसागर इन्टरटेन्टमेन्ट’ले तयार गरेको हो।

किरण भुजेल र अस्मिता अधिकारीको ‘सपना’ सार्वजनिक [भिडियो]

ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’

किरण भुजेल र अस्मिता अधिकारीको ‘सपना’ सार्वजनिक [भिडियो]

सांसदको कोरोना परीक्षण गर्न गण्डकी प्रदेशसभाको बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds