‘प्रतिष्ठान बनाएर साहित्यको संरक्षण गर्छाैँ’

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषा र साहित्यको संरक्षण गर्न प्रतिष्ठान बनाउने बताएका छन् । बुधार कर्णाली साहित्य समाजले वीरेन्द्रनगरमा आयोजना गरेको ‘पुरस्कार तथा सम्मान अर्पण’ कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।

कर्णालीको साहित्य, कला र संस्कृतिको संरक्षण गर्न सरकारले प्रतिष्ठान बनाउने तयारी गरेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘ऐन बन्न वित्तिकै प्रतिष्ठान गठन हुन्छ ।’ कर्णाली प्रदेश भाषा, कला र संस्कृतिको उद्गमस्थल भएको तर्क गर्दै उनले यसको संरक्षणको लागि प्रतिष्ठान आवश्यक रहेको दाबी गरे ।

कर्णाली नेपाली भाषाको उद्गमस्थल र संस्कृतिको धनी प्रदेश हो । शाहीले भने, ‘कर्णालीको इतिहासलाई जोगाउन प्रतिष्ठान आवश्यक छ ।’ पछिल्लो समय पश्चिमा संस्कृतिका कारण कर्णालीको भाषा, साहित्य र संस्कृति लोप हुने खतरा बढको भन्दै संस्थापक संरक्षक कथाकार महेशविक्रम शाह, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्राडा नन्दबहादुर सिंहले लगायतले संरक्षण गर्न आवश्यक रहेको बताएका थिए । यसैबीच कर्णालीकै ठूलो धनराशीको पुरस्कार ललित विष्टको कथा संग्रह ‘मोहपथ’लाई प्रदान गरिएको छ ।

‘प्रतिष्ठान बनाएर साहित्यको संरक्षण गर्छाैँ’

कृषिमा लगानी बढाउ

‘प्रतिष्ठान बनाएर साहित्यको संरक्षण गर्छाैँ’

आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds