के नौटंकी हो यो ओलीबाको !

मान्छे ओलीबा बहुत कडा रैछन् ! अदालतको छाँटकाँट हेर्दा अदालतलाई धम्की दिनुपर्ने अवस्था आयो कि क्या ! अदालतले पुनस्र्थापना गरे आन्दोलन गर्ने भनेर पो धम्की दिन्छन् त गाँठे । आफ्नै सरकार, आँफै प्रधानमन्त्री, आँफैले फेरि धम्की ! के नौटंकी हो यो ओलीबाको ! उल्टो पनि जित्ने सुल्टो पनि जित्न खोज्ने । यो कमिनिष्टहरको चरित्र हो कि झापालीहरको छुट्याउनै गाह्रो भो त । ओलीबाकाविरुद्ध देशका सरकारी बाहेक सबै शक्ति सडकाँ उर्लेर संसद विघटन गैरसम्वैधानिक हो भनेर कराइराछन् ।
तर ओलीबा चुनाउ गराएरै छोड्छु । संसद विघटन प्रधानमन्त्रीको अधिकार हो भन्दै कुर्लिँदै हिँडनु भाछ । त्यतिमात्रै हो र ? ह्वाँकै साथ लाएर बिचरो निर्वाचन आयुक्त कसरी हुन्छ ओलीबालाई एमाले पार्टीसितै सूर्य चुनाउ चिन्ह दिन सकिएला भनेर रातदिन ओलीबाको ध्यान गरिराछन् । तर ओलीबा आँफै निर्वाचन आयोगलाई उल्टै काम गरेन भनेर थर्काइराछन् । ओलीबाको भाषण गराइ हेर्दा त चुनाउ त भयो जस्तो लाग्छ । दिनहुँजसो जिल्ला जिल्लाँ भाषँण गर्दै प्रचण्डलाई थर्काउँदै, हिँड्या देख्दा त साँच्चिकै ओलीबाको जवानी भाषण नै हो चुनावी कहानी जस्तोनी लाग्छ ।
तर के गर्नु ? गुदि कुरा केहीगर्नु हुन्न खाली प्रचण्ड र माकुनेकै बदख्वाइँ गर्नुहुन्छ । भाषणमा केपी कमरेडको गर्जन सुनेरै विचरा छुटिभिन्न भा भाइभाइ कमरेडहरु दिक्दार मान्ने मात्रै हैनन् कि सडकाँ मान्छे जति आँफूले उतार्ने संसद भंगको लडाइँ ओलीबाले नै जितेर राजनीतिक सुकुम्बासी होइने हो कि भन्ने डरले पो सताउन लायो अब त । अलिअलि गरेर अब त अदालताट फैसला आउने बेलानी भो । पुनर्बहालीको रट लाउँदा लाउँदै भंग ग¥या कुरा सदर गर्दे भने त । चिच्याकल्लो गर्दै हिंडदै गर्नेबाहेक केही उपाय छैन । हेरम कमरेडहरले गाडी जताजता गुडाउँछन् । त्यतै जाने त होला ।
–वेदर्षि






