जनता भेटघाट गर्न प्रदेशसभा सदस्य कामी गाउँमा पुगे

प्रचण्ड खत्री
रुकुम पश्चिम, ९ फागुन ।
जनता संग भेटघाट गर्न पहिलो पटक प्रदेश सभा सदस्य रातो कामी बाँफिकोट गाउपालिका वडा नम्बर १० को फेरा टोल पुग्नुभएको छ । चुनाब भएपछी पहिलो पटक जनताका गुनासो सुन्न कामि त्यहा पुग्नु भएको उनको स्वकीय सचिब हरि बिकले बताए । जनताको गुनासो र बिकास निर्माण कस्तो भैरहेको छ बुझ्न त्यहा पुगेको स्थानीयले बताएका छन् । उहालाई त्यहा पुग्ने बेलामा स्थानीयले दोसल्ला र बाजागाजाले स्वागत गरेका थिए ।

स्थानीयको गुनासो सुन्ने, कहा कुन बिकासको अभाब छ, कुन बिकास गरेपछि छिटो प्रभाबकारी हुन्छ भन्ने बिषयमा छलफल गरियको वडा नम्बर १० का वडा अध्यक्ष अर्जुन चन्दले बताए । स्थानीय देउभान ओलीले १० नबर वडाका सबै भूभागमा सडक पुरयाउन अनुरोध गरे । बाफिकोट गाउपालिकाको दुर्गमको रुपमा चिनियको वडा भएकाले त्यहा फेरा बाहेक अन्य गाउमा सडक पुगेको छैन । अन्य वडामा सडक पुगेको खुसि गर्दै १० नम्बरमा सडक पुगे सबै थोक पुग्ने ओलीले बताए ।

बजेट फ्रिज जाने प्रबिधी जाने कहिले सम्म, बजेट फ्रिज जान नदिन स्थानीय सरकार, प्रदेश सरकार संग ओलीले अनुरोध समेत गरे । ०७६/०७७ को आर्थिक बर्षमा १० नम्बर वडा बाट थुप्रै बजेट फ्रिज गएको थियो । बजेट फ्रिज जान नदिन समयमै काम गर्न स्थानीय सरकार र प्रदेश लाई अनुरोध समेत गरे ।

गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले आफ्नो गाउँ आफै बनाउ कार्यक्रम लागु गर्ने बताए । अबको आर्थिक बर्षमा गाउँ सभाबाट निर्णय पारित गरी सो कार्यक्रम लागु गर्ने बताए । अध्यक्ष केसीले सरकारी बजेट खर्च गर्नको निम्ति सरल र सभ्य काम गर्न निर्देशन दिए । त्यस वडामा अहिले सम्म बिजुलीका पोल गाडिएका छन् तर अन्य काम हुन बाकि रहेकाले समयमा नै काम गर्न ठेकेदारलाई निर्देशन समेत दिए ।
प्रदेश सभा सदस्य रातो कामीले समयमा नै आफुले बिकास निर्माणको काम गर्न आफु रात दिन लागि परेको बताए । रातो कामीको प्रदेश संसद बिकास कोष बाट त्यस ठाउमा सडक निर्माण गरीयकोले त्यस सडकलाई झन मजबुद बनाउन निर्माण उपभोक्ता समिति र वडा कार्यालय लाई अनुरोत समेत गरे । आफु पहिलो पटक त्यस वडामा पुगे पनि आफ्नो नजर त्यहा गैरहेको बताए ।

स्थानीयको प्रश्नमा कामीले तपाईहरु काम गर्नुहोस, बजेट छुट्याउने काम हाम्रो हो, समय मै काम गर्नुहोस कार्यान्यन गर्ने जिम्मा हाम्रो हो । कार्यक्रममा प्रदेश सभा सदस्य रातो कामी, बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसी, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पुष्प बादी, १० का वडा अध्यक्ष अर्जुन चन्द, ९ का वडा अध्यक्ष कविराम खत्री स्थानीय लगायतको सहभागिता रहेको थियो ।

जनता भेटघाट गर्न प्रदेशसभा सदस्य कामी गाउँमा पुगे

राजेश दाइलाई ‘सरप्राइज’ दिनु छ

Leave a comment

Your email address will not be published. Required fields are marked *