इस्लामिक जिहादका कमाण्डर मारिएका इजरायली सेनाको दाबी

इजरायली सेनाले इस्लामिक जिहादका कमाण्डर आफ्नो सेनाको आक्रमणमा मरेको दाबी गरेको छ। इस्लामिक जिहादको उत्तरी गाजा डिभिजनका जिहादका कमाण्डर मारिएको इजरायली सेनाले दाबी गरेको हो ।

इजरायली सेनाले ट्विटमार्फत भनेको छ– इजरायलविरूद्ध धेरै एन्टी ट्यांक मिसाइल हमलामा संलग्न हुसेम अबू हरबिदको मृत्यु भएको छ।’ रोयटर्सले स्रोतको हवाला दिँदै इस्लामिक जिहादअबू हरमिद मारिएको पुष्टि गरेको छ। ​

गाजाको मिडियाले पनि अबु हर्मेदको मृत्युको खबर दिएको छ । इजरायलले प्यालेस्टाइनमा हवाई हमला गरेको थियो। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

इजरायलले गाजापट्टीका कयौं स्थानमा बम बर्साएको थियो। यसअघि पनि इजरायली सेनाले प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका कम्तीमा ३ जना स्थानीय नेताको मृत्यु भएको दाबी गरेको थियो।

इस्लामिक जिहादका कमाण्डर मारिएका इजरायली सेनाको दाबी

निजी क्षेत्रले पनि ल्याए ६ सय थान

इस्लामिक जिहादका कमाण्डर मारिएका इजरायली सेनाको दाबी

गुजरातमा चक्रवात वायु, तटीय क्षेत्रका गाउँ पूरै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds