सम्पादकीयः अशिक्षा र गरिबीको जालोले नागरिकहरु फसेका छन्

कर्णाली सामाजिक रुपमा पिछडिएको छ । अशिक्षा र गरिबीको जालोले नागरिकहरु फसेका छन् । भौतिक विकासको गति सुस्त छ । यस्तो अवस्थामा यहाँको सामाजिक संरचना अन्धविश्वा र धार्मिक मान्यताले ग्रस्त छ । यही कारण आज पनि परिवार र समाजबाट महिलाहरु हेपिएका छन् । छोरीहरु आफन्तबाटै असुरक्षित बनेका छन् । अर्थात आफन्त र चिनेकै मान्छेबाट आज बालिकाहरु बलात्कृत भइरहेका छन् । प्रेम गर्ने वहाना र ललाइफकाइ किशोरीहरु पनि बरात्कारमा पर्ने गरेका धेरै उदारण छन् । प्रहरीमा आउने उजुरीले पनि कर्णालीमा 

बालिकाहरु असुरक्षित छन् । महिलाहरुमाथि बलात्कार र यौन शोषणका घटना रोकिएका छैनन् । यसकारण पनि आज महिला तथा    बालिकाहरुको सुरक्षा मुख्य चुनौती बनेको छ । यद्यपी यसको रोकथाम र नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबाट प्रयासहरु जारी छन् । तर पनि समाजमा अहिले पनि बलात्कारका घटनाहरु रोकिएका छैनन् । हाम्रो समाजमा बलात्कारप्रति अझै पनि पितृसत्तात्मक दृष्टिकोणबाट हेर्ने गरिएको छ । प्रहरीले केही समय पहिला सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा दिनहुँ ६ वटा बलात्कारका घटना हुने गरको देखाएको छ । बलाकारका घटनामा पीडित हुनेमा मा अधिकांश ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिकाहरू रहने गरेको तथ्याङ्कले देखाएको छ । नेपाली समाजको पितृसत्तात्मक सोच र पछौटे चरित्र हेर्दा प्रहरीसमक्ष नपुगेका घटना पक्कै सार्वजनिक भएका

घटनाभन्दा थोरै छैनन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अझै पनि नेपाली समाजमा बलात्कार पीडितलाई नै लाञ्छित गर्ने चलन छ । यसैले घटना दबाउने वा बाहिर आए पनि गाउँघरमै मिलाउने संस्कार हावी छ । बलात्कारीसँगै पीडित बालिका वा महिलाको बिहे गरिदिने गरिन्छ । अपराधीलाई सजाय दिलाउनुभन्दा परिवारदेखि समाज र कतिपय अवस्थामा प्रहरी प्रशासनकै अधिकारी मिलेमतोमा लाग्छन् । गाउँघरमै यस्ता मुद्दा मिलाउने गरेका उदाहरण धेरै छन् । यिनै ठाउँहरू आर्थिक र सामाजिक विकासमा पछि परेकाले बलात्कारको अपराध र समाजको पछौटेपनका बीचमा सहसम्बन्ध रहेको देखिन्छ । सामाजिक चेतना जगाउनुका साथै कानुन कार्यान्वयन प्रभावकारी बनाउन सके बलात्कारको अपराध धेरै नियन्त्रण हुनसक्थ्यो । पछिल्ला दिनमा बलात्कारको अपराधीलाई मृत्युदण्ड हुनुपर्ने बहस पनि चलेको छ । तर,

मृत्युदण्ड दिइने मुलुकहरूमा पनि बलात्कारको अपराध घटेको देखिँदैन । विद्यमान कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, प्रहरीले अनुसन्धान र प्रमाण संकलनका क्रममा पीडितमैत्री कार्यविधि एवं व्यवहार अपनाउने तथा सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरूको बलात्कारप्रतिको दृष्टिकोण आधुनिक सभ्य समाज सुहाउँदो हुने हो भने नेपालमा पनि बलात्कारको अपराध रोक्न सकिन्छ । यो व्यक्तिको अस्मितासँग जोडिएको अपराध भएकाले यसप्रति समाजको दृष्टिकोण र राज्यको सोच दुवै बदल्नु आवश्यक दछ । सन्तान हुर्काउने बेलादेखि नै बलात्कार जघन्य अपराध हो भनेर सिकाउन सके धेरै युवालाई यस अपराधमा संलग्न हुनबाट जोगाउन सकिनेछ । बलात्कारीलाई कानुन अनुसार कारबाही मात्र गर्न सके यस्ता अपराधहरु कम हुन सक्छन् ।

सम्पादकीयः अशिक्षा र गरिबीको जालोले नागरिकहरु फसेका छन्

YUGAAWHAN NATIONAL DAILY (2077-12-03)

सम्पादकीयः अशिक्षा र गरिबीको जालोले नागरिकहरु फसेका छन्

ओलीको दम्भले एकताको ढोका बन्द भयो’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds