इटाली युरोकपको नकआउट चरणमा

एजेन्सी । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए। तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।

तर, खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए। खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए। जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ।

यससँगै समूह ‘ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ। लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ। इटाली समूहको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो। स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ। स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो।

इटाली युरोकपको नकआउट चरणमा

नाबालक भएकाले साउदीमा एक युवालाई १० वर्षपछि

इटाली युरोकपको नकआउट चरणमा

आबद्ध भएको १६ वर्षपछि रामोसले रियल मड्रिड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds