आबद्ध भएको १६ वर्षपछि रामोसले रियल मड्रिड छाड्दै

एजेन्सी । रियल मड्रिडका कप्तान सर्जिओ रामोसले क्लब छाड्ने पक्का भएको छ । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै उनले क्बल छाड्ने जानकारी दिएको हो। उनको औपचारिक बिदाइ बिहीबार हुनेछ।

स्पेनिस जायन्ट रियलमा रामोसले १६ वर्ष बिताइसकेका छन्। उनी सेभियाबाट सन्‌ २००५ मा रियल मड्रिड गएका थिए। त्यसयता उनी निरन्तर रियल मड्रिडको महत्वपूर्ण सदस्य रहेका थिए ।

रामोस र मड्रिडबीचको सम्झौता जुन अन्त्यमा सकिँदैछ। नयाँ सम्झौताका लागि लामो समयदेखि छलफल भएपनि क्लबले माग बमोजिम सम्झौता गर्न आलटाल गरेपछि उनले रियल छाड्ने निर्णय लिएको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।

क्लबले एक छोटो वक्तव्य जारी गर्दै ३५ वर्षीय रामोसलाई क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजकोपनि उपस्थितिमा बिहिबार बिदाइ गरिने जनाएको छ। रामोसले रियल मड्रिडमा रहँदा १६ सिजनमा कुल ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् ।

क्लबका लागि २२ ट्रफी जितेका रामोस अब कहाँ जान्छन् भने तय छैन। यद्यपि, उनलाई अनुबन्धनका लागि पुरानो क्लब सेभियाले प्रयास गरिरहेको स्पेनिस सञ्चारमाध्यमले बताएका छन्। तर, निश्चित भने भइसकेको छैन ।

रियलमा महत्वपूर्ण खेलाडीका रूपमा उनले ५ ला लिगा, ४ च्याम्पियन्स लिग, २ कोपा डेल रे, ४ स्पेनिस सुपर कप, ३ युइएफए सुपर कप तथा ४ क्लब विश्वकपको उपाधि जितेका छन् ।

चोटका कारण पछिल्लो समय उनले क्लब र देशका लागि समेत खेल गुमाउँदै आएका छन्। स्पेनका पूर्वकप्तान समेत रहेका उनी जारी युरो कपमा चोटकै कारण प्रशिक्षकको नजरमा पर्न सकेनन्।

आबद्ध भएको १६ वर्षपछि रामोसले रियल मड्रिड छाड्दै

इटाली युरोकपको नकआउट चरणमा

आबद्ध भएको १६ वर्षपछि रामोसले रियल मड्रिड छाड्दै

बाइडेन-पुटिन वार्ता, के भयो कुराकानी ?

Leave a comment

Your email address will not be published. Required fields are marked *