प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालले दुइ जना महिलाको हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

अस्पतालले कालिकोट र दैलेखका दुई महिलाको दाईने खुट्टाको (हिप) जोर्नीको अपरेशनमार्फत सफलापुर्वक प्रत्यारोपण गरेको हो ।

अस्पतालमा सुचना अधिकारी तथा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर विकास केसीका अनुसार कालिकोट घर भएकी ६४ वर्षीय दीपा महतरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका की ४० वर्षी य रंगा विक को जोर्नी प्रत्यारोपण गरिएको हो ।

डाक्टर केसीले भने ‘उहाँ दुबै जनाको बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको छ । उक्त काम सफल पार्नको लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक डाक्टरहरुको टिम रहेको छ ।‘जोर्नी प्रत्यारोपण गरिएका ती दुई जना विरामीको दुईदेखि दुई लाख पचास हजारसम्म खर्च भएको र दुबैजनाको स्वास्थ्य वीमा भएकोले खर्च कम भएको केसीले बताए ।’

त्यस्तै अस्पतालका अनुसार हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने जनाइएको छ । पछिल्लो समयमा अस्पतालले सबै खालका बिरामीहरूको सहज रूपमा उपचार गर्न थालेपछि बिरामीहको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल

प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *