अफगानिस्तानका सेनाप्रमुख बर्खास्त

काठमाडौं : तालिबान विद्रोहीको बढ्दो आक्रमणकाबीच अफगानिस्तानले सैनिक प्रमुखलाई बर्खास्त गरेकाे छ।

तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेको समाचार आइरहेका बेला अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।

उनलाई सरकारले गत जुन महिनामा नियुक्त गरेको थियो। सरकारले नयाँ सैनिक प्रमुख नियुक्त गरेका जनरल हिबातुल्लाह अजिजेईलाई तालिबानले नियन्त्रणमा लिएका सहर फिर्ता गर्ने र तालिबानविरुद्ध जित हासिल गर्ने चुनौती छ।

बीबीसीका अनुसार तालिबान लडाकु ९ वटा प्रान्तीय राजधानी कब्जा गरेर अहिले गजनी सहरमा प्रवेश गरेका छन्। त्यहाँ सुरक्षाकर्मीसँग भीषण संघर्ष भइरहेको छ। सैनिक प्रमुखलाई हटाउनु अघि राष्ट्रपति अशरफ घानी तालिबानको गढ मानिने मजार–ए–शरीफ सहर पुगेका थिए।

अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि त्यहाँ तालिबानले आक्रमण चर्काएको हो। संयुक्त राष्ट्र संघका अनुसार पछिल्लो महिना भएको भीषण युद्धमा सयौं बालिबालिकासहित हजारौं सर्वसाधारण नागरिक मारिएका छन्।

एकपछि अर्को सहर नियन्त्रणमा लिएको तालिबानले देशको दोस्रो ठूलो सहर मानिने कान्दहारको एउटा जेल कब्जा गरेर सयौं कैदीहरुलाई रिहासमेत गरिदिएको छ।

अफगानिस्तानका सेनाप्रमुख बर्खास्त

भारत : हिमाञ्चलमा ठूलो पहिरो, १३ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds