हैन ! ओलीबाको स्टायल अपनाउने हो भने त कर्नालीको सरकार नी नगिर्ने जस्तो देखियो त हँ ।

हैन ! ओलीबाको स्टायल अपनाउने हो भने त कर्नालीको सरकार नी नगिर्ने जस्तो देखियो त हँ । आखिर ओलीबाले जसरी सांसद पदगाका माननीयहरुलाई ल्याएर मन्त्री

बनाउनु भो, त्यस्तै गरेर कर्नालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नी मामा खेमा (माधव, माओवादी) का मान्छेहरुलाई मन्त्री बनाम्ला सांसद पद गएनी नडराउनुस् प्रदेशको पूरै कार्यकालभरी तपाइँहरुको घाँटियाँ मन्त्रीको घण्ट झुण्ड्याइ राख्छु, तपाईहरु त्यै घण्टी बजाउँदै हिँडदै गर्नुहोला भनेछि र मन्त्री हुन पाएछि त्यो मोरो सांसद पदको के काम के ? त्यसो त केन्द्रका केपीबा र
कर्नालीका महेन्द्र शाहीको बुद्धि हाल्ने भाँडो (दिमाग) उस्तै उस्तै हो भन्दा छन् कर्नालीया माण्ठहरु ।

त्यसैले त आजसम्म विचरा ओलीबाका सांसदहरुले सरकार बनाउन कति पापड बेले । तर शाहीजीले पापड चुलाट निकाल्न खोज्दाखोज्दै चुलामै डढाएर खानेलाएकै छोडेनन् । त्यसैले विचरा कर्नालीयाँ ओलीबाको सरकार बन्यो भनेर हल्लामात्रै फिजाउने, तर सल्लाहमा सरकार कहिल्यै नबन्ने भएछि हाम्ले एमाल्या नेता सरकार कस्तो हुन्छ देख्नै पाएनम ।

सडक, होटल र चौताराँ जैले नि एमाल्या सरकार बन्ने, तर सांसदहरले एमाल्या सरकार बन्न कहिल्यै नदिने गरेछि ऐले नि मुख्यमन्त्री हुने मान्छे त्यति सजिलै होइहाल्लियला भन्ने विश्वाशाँ छैनन् । यद्यपी मुख्यमन्त्री बन्ने मान्छेभन्दा कार्यकर्ताहेरुको निकै उछलकुद छ ।

तर परिणाम के आउने हो थाहा छैन । यो पटक नि साँच्चिकै एमाल्या नेता कर्नालीयाँ मुख्यमन्त्री बन्नु भएन, काँगे्रस र मामा पार्टीहरु मिलेर नेतालाई धुन्यै कार्यक्रम ग¥या हुन भने अब ह्वाँ सचेत बन्नैपर्छ । त्यसो त पहिल्यै आफ्नो बहुमत भाबेलाँ त्यसैमा अडान राखेर कर्नालीयाँ एमाले पक्षा सरकार बन्नुपर्छ भनेर अडान ल्याभा अहिले थोडि यो दुनियाको मजाक बन्नु पर्दथ्यो ।

आपसी सहमति पनि त जसको धेरै प्रतिनिधि छन्, त्यसैले सरकारको नेतृत्व हुनुपर्छ भन्ने हुनुपर्ने हो नि । के गर्ने गर्धन जोडने बेलासम्म पिकेले जे भन्यो केपिले त्यै माने । ऐले जब दुष्मनी शुरुभो, तब सरकारी दाइँ हाल्ने कुराँ कुरा नमिल्दा कर्नालीयाँ रमिता भा छ । अरुले मनोरञ्जन ल्याछन् । जयहोस दुवैको । वेदर्षि

हैन ! ओलीबाको स्टायल अपनाउने हो भने त कर्नालीको सरकार नी नगिर्ने जस्तो देखियो त हँ ।

खरको छाना हटाऔँ

हैन ! ओलीबाको स्टायल अपनाउने हो भने त कर्नालीको सरकार नी नगिर्ने जस्तो देखियो त हँ ।

हामी माथि निश्चितरुपले ठुलै षड्यन्त्र भईराखेकाे छ

Leave a comment

Your email address will not be published. Required fields are marked *