टिप्परको ठक्करबाट महिलाको मृत्यु

सुर्खेत, २४ पुस ।

टिप्परको ठक्करबाट छिन्चुमा एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी वीरेन्द्रनगर–११ का २३ वर्षीय ताराकुमारी आलेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । तर घटना स्थलमै मृत्यु भएको आधा घण्टा भन्दा पछि पुलिस आएर बल प्रयोग गरि लास उठाएको प्रत्यक्ष दर्सि हरुले बताएका छन ।

ती महिलाको मृत्यु घटना स्थलमै भएको तर पुलिसले मुचुल्का नउठाइ आफन्त नआउदै लास उठाएको भन्दै स्थानियले छिन्चुमा यति बेला आन्दोलन गरिरहेका छन ।

टिप्परको ठक्करबाट महिलाको मृत्यु

कर्णालीबाट ६ महिनामा ३२ जना विप्लव कार्यकर्ता

टिप्परको ठक्करबाट महिलाको मृत्यु

खानीखोलामा तरुण दलका अध्यक्ष नेकपा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *