हुम्लामा नेकपा ओली समूहको कार्यकर्ता भेटघाट तीव्र

हुम्ला, २४ पुस ।

हुम्ला जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको कार्यकर्ता भेला सम्पन्न भएको छ। पालिका केन्द्र श्रीनगरमा गाउँपालिका स्तरका कार्यकर्ता भेटघाट तथा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल गर्न भेलाको आयोजना भएको हो।

ताँजाकोटबाट कार्यकर्ता भेला सुरु गरेको ओली समूहले अदानचुलीमा पनि भेला गरेको हो। भेलामा सहभागी अधिकांश नेताहरुले आफूहरु ओली समूहमै लाग्ने बताएका छन्। निर्वाचन आयोगले सूर्य चिन्ह पनि ओली समूहलाई नै दिने हुम्लाका नेताहरुको ठहर छ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य गोरबहादुर बोगटीले प्रतिनिधिसभा पुनःस्र्थापना नहुने र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए।

देशसञ्चारबाट साभार ।

हुम्लामा नेकपा ओली समूहको कार्यकर्ता भेटघाट तीव्र

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *