विश्वकप छनोट : नेपाल जोर्डन भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको समूह बी मा आज जोर्डनको सामना गर्दै छ ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली टोलीले गत बिहीबार चाइनिज ताइपेइविरुद्ध २-० गोल अन्तरको जित निकालेको थियो । यसअघि जेठ १५ गते नेपालले आफूभन्दा निकै बलियो टिम इराकविरुद्धको खेल ६-२ गोल अन्तरले हारेको थियो  ।

नेपाल र जोर्डनबीचको तुलना गर्दा जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान अगाडी रहेको छ। नेपाल हाल १७१औ स्थानमा रहेको छ भने जोर्डन ९५ स्थानमा रहेको छ । यसअघि नेपाल र जोर्डनबीच तीन खेल भएका छन्, जसमा दुई खेलमा नेपाल पराजित भएको छ भने एक खेल बराबरीमा रोकिएको थियो ।

नेपाललाई जोर्डनले २०११ को जुलाई २३ मा विश्वकप छनौटकै खेलमा ९-० ले पराजित गरेको थियो भने त्यसको एक सातापछि काठमाडौँमा जुलाई २८ मा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो। त्यस्तै अहिलेको विश्वकपको छनौटको पहिलो खेलमा २०१९ अक्टोबर १५ मा नेपाल ३(० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेलमा जितको रणनीति बनाएको बताएका छन्। खेलअघि आइतबार आयोजित भर्चुअल प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक अल्मुताइरीले जोर्डन बलियो टिम भएपनि नेपालको लक्ष्य जित नै रहेको बताएका हुन्। ​अल्मुताइरीले आफुहरुले राम्रो तयारी गरेको भन्दै फुटबलमा सबैकुरा सम्भव हुनसक्ने बताएका छन्। उनले ‘जोर्डन निकै बलियो टिम भएको पनि प्रतिक्रिया दिए ।

त्यस्तै जोर्डनका प्रशिक्षक भिटाल बोरकेलमन्सले आफुले नेपालको इराक र चाइनिज ताइपेइविरुद्धको खेल हेरेको बताउदै नेपालको खेल्ने शैलीमा परिवर्तन भएको देखेको बताएका छन् । नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ। समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।

समूहमा अष्ट्रेलिया १५ अंक जोड्दै शीर्षस्थानमा छ भने कुवेतको ६ खेलमा १० अंकसहित दोस्रो र जोर्डनको ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

नेपालले विश्वकप छनोट आफ्नो अर्को खेल जुन ११ मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ।

विश्वकप छनोट : नेपाल जोर्डन भिड्दै

YUGAAWHAN NATIONAL DAILY (2078-02-24)

विश्वकप छनोट : नेपाल जोर्डन भिड्दै

सेरेना चौथो चरणमै पराजित, फेडेररले खेल छाडे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds