सेरेना चौथो चरणमै पराजित, फेडेररले खेल छाडे

काठमाडौं : पूर्व विश्व नम्बर एक तथा अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छिन्। पेरिसमा आइतबार राति भएको खेलमा काजकिस्तानकी एलिना रेबिकासँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन्।

२३ पटकको ग्राण्डस्लाम विजेता सेरेना एलिनासँग ३-६ र ७-५ ले पराजित भइन्। अर्को खेलमा रुसकी पाब्लुचेन्कोभाले बेलारुसकी भिक्टोरिया अजरेन्कालाई ५–७, ६–३ र ६–२ ले पाखा लगाइन्।​ स्लोभेनियाकी जिदान्सेकले रोमानियाकी सोरोना क्रिष्टिआलाई २–० ले तथा स्पेनकी बडोसाले चेकरिपब्लिकन मार्केटा भण्डोरोस्कोभालाई ६–४, ३–६ र ६–२ ले पराजित गरिन् ।

महिला एकल तर्फको क्वार्टरफाइनलमा अनास्तासिया पाब्लुचेन्कोभा, एलिना रिबाकिना, पाउला बडोसा र तमारा जिदान्सेक क्वार्टरफाइनलमा पुगेका छन् । सेमिफाइनल प्रवेशका लागि पाब्लुचेन्कोभा र रिबाकिना तथा बडोसा र जिदान्सेकबीच खेल हुनेछ।

पुरुष तर्फ दोस्रो वरियाताका ड्यानिएल मेद्देभेभ, पाँचौ वरियाताका स्टेफेन्स सितसिपास, छैठौं वरियाताका अलेक्जेण्डर भेरेभ र बिना वरियाताका अलेजान्द्रो फोकिना, आठौं वरियाताका रोजर फेडेररले भने खेल छाडेका छन्।

गएराति भएको खेलमा ​ चिलीका क्रिष्टियन गारिनलाई ६–२, ६–१ र ७–५ ले पराजित गर्दै रुसका मेद्भेदेभले क्वार्टरफाइनलमा ग्रिसका सितसिपाससँगको भेट पक्का गरेका छन्।​

सितसिपास भने स्पेनका पाब्लो कारिनो बुष्टालाई ६–३, ६–२ र ७–५ ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन्। जर्मनीका भेरेभले भने जापानका केई निसिकोरी माथि ६–४, ६–१ र ६–१ को सहज जित निकाले।

अर्को खेलमा अर्जेन्टिनाका फेडेरिको डेल्बोनिसलाई ३–१ को सेटमा पराजित गर्दै स्पेनका फोकिनाले भेरेभसँगको भेट पक्का गरेका हुन्। स्विस खेलाडी फेडेररले भने बीचमै खेल छाडेका छन्।

प्रिक्वार्टरफाइनमा प्रवेश गरेका उनले इटलीका मात्तेओ बेरेट्टिनीविरुद्धको प्रतिस्पर्धा अघि स्वास्थ्य अवस्थालाई कारण देखाउँदै खेल छाडेका हुन्। बेरेट्टिनीले सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

सेरेना चौथो चरणमै पराजित, फेडेररले खेल छाडे

विश्वकप छनोट : नेपाल जोर्डन भिड्दै

सेरेना चौथो चरणमै पराजित, फेडेररले खेल छाडे

स्पेनिस कप्तान बुस्केटलाई कोरोना

Leave a comment

Your email address will not be published. Required fields are marked *