स्पेनिस कप्तान बुस्केटलाई कोरोना

युरोकप नजिकिँदै गर्दा युरोपियन टिम अन्तिम चरणका मैत्रीपूर्ण खेलम व्‍यस्त छन्। यस्तो प्रतियोगिता हुन एक साता रहँदा स्पेनका कप्तान सर्जियो बुस्केटलाई भने कोरोना भाइरसको संक्रमण भएको छ ।

बार्सिलोनाका मिडफिल्डर बुस्केटलाई कोरोना भएपछि आगामी मंगलबार लुथानियाविरुद्धको मैत्रीपूर्ण खेल स्पेनले नखेल्ने भएको छ ।

बुस्केटबाहेक टिमका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कोरोना देखिएपछि बुस्केट आइसोलेसनमा बसेका छन् ।

उनी अब स्पेनको युरोको सुरुवाती खेलमा हुने नहुने अन्योल बनेको छ।​ ३२ वर्षीय बुस्केटलाई कोरोना देखिएसँगै उनीसँग सम्पर्कमा रहेकाहरू आइसोलेसनमा रहेका छन्।​ स्पेनले पहिलो खेल जुन १४ मा स्विडेनसँग खेल्नेछ। त्यस्तै १९ जुनमा पोल्यान्ड र २३ जुनमा स्लोभाकियासँग प्रतिष्पर्धा गर्नेछ ।

स्पेनिस कप्तान बुस्केटलाई कोरोना

सेरेना चौथो चरणमै पराजित, फेडेररले खेल छाडे

स्पेनिस कप्तान बुस्केटलाई कोरोना

खेलाडी छनोटमा लापरबाही : कम्प्युटर टाइपमा मिस्टेक

Leave a comment

Your email address will not be published. Required fields are marked *