मानवअधिकार समुहले गर्यो सरोकारवालासँग अन्तरक्रिया
दुर्गा विसी ।
सल्यान, २३ पुस ।
सल्यानको पश्चिम क्षेत्रमा मानवअधिकार रक्षक सञ्जाल समुहले खाद्य,शिक्षा,स्वास्थ्य र आवासको प्रत्याभूतिको अवस्थाका विषयमा अन्तरक्रिया गरेको छ । शिक्षा,स्वास्थ्य,खाद्य,कृषि र यसअघि आवासको व्यवस्थापनका लागि पहिलोपटक १३ बुँदे, दोस्रो पटक ५ बुँदे ध्यानाकर्षण पत्र वुझाएको थियो। ती विषयमा खासै नगरपालिकाले ध्यान नदिएको र कार्यनयन नभएको कार्यक्रममा सहभागीले जनाएका थिए ।
आज सल्लिवजारमा सोहि विषयमा सरोकारवाला विच अन्तरक्रिया गरिएको छ। सो अन्तर्कियामा शिक्षा शाखाकि धुर्वा थापा,स्वास्थ्य शाखाबाट सन्तोषी रावत,कृषि शाखाबाट टीका जैसी,महिला वालवालिका शाखाबाट लक्ष्मी शाही कार्यक्रम सरोकारवालाले यावत क्षेत्रको समस्याका वारेमा उठाएका सवालको शाखा प्रतिनिधिहरुले जवाफ दिएका थिए ।सबै भन्दा शिक्षामा निकै कठिनाइ भएको जनाएको छ । दरवन्दी नहुँदा विद्यालयहरु बन्द हुने अवस्थामा पुग्दा समेत नगरपालिकाले चासो नदिएको दुखेसो पोखिएको थियो ।
शिक्षा, स्वास्थ्य निति प्रयोगमा नहुँदा शिक्षा र स्वास्थमा उत्साहजनक रुपमा काम नभएको जनाएको छ । १५ सैयाको अस्पताल निर्माणकार्यमा ढिलाइ भएकोमा समेत चिन्ता व्यक्त गरिएको छ । विद्यालयहरुमा सरकारले सेन्टरि प्याडको लागि वजेट निकास भए पनि सो प्याड खरिद नभएको र विद्यालयमा नपुग्ने गरेको गुनासो रहेको थियो । चाडपर्वको समयमा हुने चटकि वजार अनुगमनले खासै प्रभावकारी नभएको र नागरिक ले अखाद्य कुरा समेत प्रयोग गर्ने गरेको जनाएको छ । शिक्षा,स्वास्थ्य,खाद्य, कृषि र आवासमा सम्बन्धि निकायले तेति ध्यान नदिएको वताएको छ ।
नगर उप प्रमुख मञ्जु यरिले भने सबै क्षेत्रमा नगरको तर्फबाट भएका प्रगतिका वारेमा जानकारी दिनु भएको थियो। सञ्जालले केही समय अघि ध्यानाकर्षण गरेका सबै काम पूरा हुन नसके पनि केही काम भैरहेको जनाउनु भएको छ । केही काम हुदै छन् भने केही भैसकेको जनाएको छ । कार्यक्रम पिएल परियोजना प्रमुख दिलवहादुर चौधरीले परियोजनाको कार्य वारे जानकारी गराएका थिए । त्यसै गरी इन्सेक सल्यानका सहजकर्ता रामचन्द्र रेग्मीले परियोजनाले काम गरेका क्षेत्रवारे प्रष्ट पारेका थिए ।
सो अन्तरकृयामा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सदस्य गणेश विसि,प्रभाकर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गञ्जमान वुढा, सोहि विद्यालयका सह्याक प्रअ पुष्कर विसी, शैक्षिक जनचेतना प्रावि माल्पेका प्रअ टेकेन्द्र विसी, अगुवा कृषक, विद्यार्थी, विभिन्न शाखा प्रतिनिधि, मानवअधिकार सञ्जालका पदाधिकारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सहजिकरण पत्रकार दुर्गा विसिले गरेका थिए ।