ह्याप्पी बर्थ डे सलिनमान बनियाँ

नेपाली चलचित्र क्षेत्रमा ‘ए मेरो हजुर २’बाट उदाएका नायक हुन्, सलिनमान बनियाँ । यी नायकले पहिलो चलचित्रबाट नै आफूलाई स्टारको रुपमा परिचित गराएका थिए ।

चलचित्रले राम्रो कमाई गरेपछि सलिनमान पनि चम्किए । उनको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढ्यो । तर, उनी भने चलचित्र रोजाइमा चुजी देखिए ।

सलिनले चलचित्रमा काम गर्न हतार गरेनन् । चलचित्र ‘यात्रा’को कथा मनपरेपछि भने उनी काम गर्न तयार भए ।

यो चलचित्रले बक्स अफिसमा सुखद कमाई नगरेपनि सलिनको कामको चर्चा भने भयो । उनै, सलिनमानले यसपछि भने नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, सलिनमान आज आफ्नो २६ औं जन्मदिन मनाइरहेका छन् ।

उनको जन्मदिनको अवसरमा, उनका फ्यान, साथी, आफन्त र परिवारले उनलाई शुभकामना दिइरहेका छन् ।

चलचित्र रिलिज नभएको समयमा रिजर्भ बस्ने यी नायक लामो समयदेखि अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा छन् । सलिनले अस्प्रिनासँग चाडै बिहे गर्ने पनि उल्लेख गर्दै आएका छन् ।

सलिनमानलाई देशका चर्चित ब्यानरले चलचित्रका लागि अफर गरेतापनि उनले काम गर्न रुची देखाएका छैनन् । वि.सं २०५२ साल वैशाख २२ गते जन्मिएका नेपाली चलचित्रका चकलेटी नायक सलिनमानलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

तपाईको प्रतिक्रिया