राष्ट्रियसभा उपचुनावमा : डा. खिमलाल देवकोटालाई उठाइने

काठमाडौं : विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपनिर्वाचनको लागि नेकपा एमाले माधव नेपाल समूहका डा. खिमलाल देवकोटालाई उठाउने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रको सहमतिअनुसार नेता माधव नेपालनिकट देवकोटालाई उम्मेदवार बनाउने सहमति भएको हो।

लुम्बिनी प्रदेशमा रिक्त रहेको स्थानमा कांग्रेसलाई दिने सहमतिको आधारमा बागमती प्रदेशबाट राष्ट्रियसभामा देवकोटालाई उम्मेदवारी बनाउने सहमति भएको माओवादीका राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए।

नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उमेदवार बनाउने तयारी गरेको छ। माओवादी छाडेर बादल एमाले प्रवेश गरेपछि बागमती प्रदेशबाट रिक्त स्थानमा निर्वाचन हुन लागेको हो। निर्वाचनमा एमाले भर्सेज एमालेकै निर्वाचन हुने भएकाले थप रोचक देखिने भएको छ। आउँदो जेठ ६ गते उप-निर्वाचनको मिति तय भएको छ।

थाहाखबरबाट

राष्ट्रियसभा उपचुनावमा :  डा. खिमलाल देवकोटालाई उठाइने

ह्याप्पी बर्थ डे सलिनमान बनियाँ

राष्ट्रियसभा उपचुनावमा :  डा. खिमलाल देवकोटालाई उठाइने

सरिता र दीपकलाई कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *