त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारबार बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि प्रारम्भिक चरणमा १९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो।

क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक परेका छन्। उनले मेयर्स कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। फाइनलमा एपिएफलाई हराउँदै नेपाल पुलिसलाई उपाधि दिलाउँदा गुलशनले चार विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए।

बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ। प्रशिक्षणमा सहभागी हुने सबैको पिसिआर परीक्षण भइसकेको क्यानले जनाएको छ। सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइसकेका छन्। नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ।

लिग-२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार पौडेल

त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

यूएईले नेपाल र भारतसहित ६ देशका यात्रुमाथि

उद्यमी बन्दै दुर्गम गाँउका महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *