विद्युत सर्ट हुँदा कालीकोटको रास्कोटमा घर जलेर नष्ट

मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ ।

मंगलबार अपरान्ह ४ बजेतिर विद्युत सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खडाले जानकारी दिए ।

‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो,’ उनले भने, ‘घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।’

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताए ।

‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन्,’ उनले भने ।

घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए । रासस

विद्युत सर्ट हुँदा कालीकोटको रास्कोटमा घर जलेर नष्ट

लेबनान : पछिल्लो अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *