एकलाख पाँच हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप

सुर्खेत । कर्णाली प्रदेशभर एकलाख बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशभर हालसम्म एक लाख पाँचहजार दुईसय ४१ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

जसमध्ये पहिलो चरणको पहिलो पटक नौहजार चारसय ८४ जना, पहिलो चरणकै दोस्रो पटक १७ हजार पाँचसय ६ जना र दोस्रो चरणमा ७८ हजार दुईसय ५१ जनाले कोरोना खोप लगाएका हुन् । हालसम्म खोप लगाउनेहरुमा सुर्खेतका सबैभन्दा बढी छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतमा मात्रै कुल २७ हजार दुईसय ५५ जनाले खोप लगाएका छन् । त्यस्तै सल्यानमा १२ हजार ८७ जना, रुकुपश्चिममा नौँ हजार ६ सय ६९ जना, जाजरकोटमा आठहजार सातसय ५५ जनाले खोप लगाएका छन् ।

त्यस्तै दैलेखमा १५ हजार नौसय ५७ जना, कालिकोटमा नौ हजार ९५ जना, कालिकोटमा नौ हजार ९५ जनाले खोप लगाएका छन् । त्यस्तैगरी हुम्लामा पाँच हजार आठसय १३ जना, जुम्लामा आठ हजार चारसय २५ जना, मुगुमा चार हजार ६ सय १९ जना र डोल्पामा तीन हजार पाँचसय ६८ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना बिरुद्धको खोप अभियानका फोकल पर्शन नोदनारायण चौधरीले जानकारी दिए ।

कर्णालीमा गएको माघ १४ गतेदेखि कोरोना खोप अभियान सुरु भएको थियो । पहिलो चरणकै अभियान अन्तर्गत दोस्रो पटक पहिलो फागुन २ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । त्यस्तै दोस्रो चरण फागुन २३ गतेदेखि चैतको दश गतेसम्म सञ्चालन भएको थियो ।

निर्देशनालयका अनुसार पहिलो चरणको पहिलो पटक सुरु भएको कोरोना बिरुद्धको खोप अभियानमा थोरैले मात्रै खोप लगाएका थिए । तथ्याङ्क अनुसार पहिलो चरणको पहिलो पटक डोल्पाका तीनसय ३२, मुगुका चारसय ७७, हुम्लाका चारसय ८५ र जुम्लाका एकहजार ४० जनाले खोप लगाएका थिए ।

त्यस्तै पहिलो चरण्मै कालिकोटका आठसय दुई, दैलेखाका एक हजार चारसय ७८, जाजरकोटका ६ सय ७३, रुकुपश्चिमका आठसय ५०, सल्यानका एकहजार दुई र सुर्खेतका दुई हजार तीनसय ४० जनाले खोप लगाएका थिए । त्यस्तै पहिलो चरणकै अभियान अन्तरगत अन्तर्गत फागुन २ गतेदेखि १५ गतेसम्म डोल्पाका सातसय ५०, मुगुका एक हजार एक, हुम्लाका एक हजार एकसय ७३, जुम्लाका एक हजार तीनसय ४४, कालिकोटका एक हजार सातसय ६१ र दैलेखका एक हजार सातसय एक जनाले खोप लगाएका थिए ।

त्यस्तै जाजरकोटका एक हजार तीनसय ४१, रुकुमपश्चिका एक हजार सातसय ६१, सल्यानका एक हजार पाँचसय ३९ र सुर्खेतका पाँच हजार एकसय ३५ जनाले खोप लगाएका थिए । पहिलो चरणको पहिलो र दोस्रो चरणमा पनि अपेक्षा गरिएभन्दा कम नागरिकले खोप लगाएका थिए । तर दोस्रो चरणको खोप अभियानमा भने उत्साहजनक भएको छ ।

फागुन २३ गतेदेखि चैत १० गतेसम्म सुरु भएको दोस्रो चरणको कोरोना बिरुद्धको खोप अभियानमा डोल्पाका दुई हजार चारसय ८६, मुगुका तीन हजार एकसय ४१, हुम्लाका चार हजार एकसय ५५, जुम्लाका ६ हजार ४१ र कालिकोटका ६ हजार पाँचसय ३२ जनाले खोप लगाएका थिए ।

त्यस्तै दोस्रो चरणमा दैलेख १२ हजार सातसय ७७, जाजरकोट ६ हजार सातसय ४१, रुकुमपश्चिमका सात हजार ५७, सल्यानका नौ हजार पाँचसय ४६ र सुर्खेतका १९ हजार सात सय ८० जनाले खोप लगाएका थिए । कोरोना बिरुद्धको खोप पहिलो चरणको पहिलो पटक कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीसहित फन्टलाइनर र दोस्रो पटकमा विभिन्न तहका कर्मचारीहरुलाई खोप लगाएको थियो । दोस्रो चरणमा ६५ बर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइएको थियो ।

यसैबीच आगामी बैशाख ७ गतेदेखि कोरोनाको दोस्रो डोज लगाउने तयारी गरिएको छ । पहिलो पटक खोप लिएका अर्थात नौहजार चारसय ८४ जनाले मात्रै खोपको दोस्रो डोज पाउने छन् । पहिलो पटक खोप लिएका फन्टलाइनरलाई बैशाख ७ गतेदेखि दोस्रो डोज दिने निर्देशनालयले जनाएको छ ।

दोस्रो डोजमा चिनिया खोप प्रयोग नहुने

चीन सरकारले पनि नेपाललाई ८ लाख डोज भेरोसेल नामक खोप उपहारस्वरुप दिएको छ । तर पहिलो मात्रा खोप कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा अन्य खोप लगाउने भएको छ ।

‘अहिलेसम्म एक कम्पनीले उत्पादन गरेको र अर्को कम्पनीले उत्पादन गरेको खोप मिक्स गरेर लगाएर अध्ययन भएको छैन,’ बास्तोला भन्छन्, ‘अहिलेसम्मको अध्ययनअनुसार पहिलो मात्रा जुन खोप लगाएको हो दोस्रो पनि त्यही कम्पनीको लगाउनुपर्छ ।’

सरकारले पनि चीनबाट आएको खोपलाई दोस्रो मात्राका रुपमा प्रयोग नगर्ने जनाइसकेको छ । उक्त खोप ४५ देखि ५९ वर्षसम्मका जोखिमयुक्त जनसंख्यालाई दिने सरकारी तयारी छ । तर कसलाई प्राथमिकता दिने र कहिलेबाट लगाउन सुरु गर्ने अझै निक्र्यौल भइसकेको छैन ।

दोस्रो डोज नपाउने खतरा

यसैबीच कोरोनाको दोस्रो डोज लगाउन समस्या हुने देखिएको छ । नेपालले भारतबाट झिकाएका खोपहरु समयमै आइ नपुगेका कारण दोस्रो डोज लगाउन समस्या हुने देखिएको हो । यसअघि गत चैत २ मै बाँकी १० लाख खोप दिने वताइएको थियो । तर उक्त खोप नपठाएपछि नेपालले गत चैत ४ गतेबाट सुरु गर्ने भनेको खोप अभियान नै रोक्नुपरेको थियो ।

कोभिसिल्ड खोप प्रभावकारी हुन दुई डोज लगाउनुपर्ने हुन्छ । १२ हप्ताभित्र दोस्रो मात्राको खोप लगाउनुपर्ने भएकाले सरकारले वैशाख ७ देखि दोस्रो मात्रा लगाउने योजना बनाइसकेको छ । भारतले सहयोग गरेको, खरिद गरेको र कोभ्याक्स सुविधाबाट गरी नेपालले हालसम्म जम्मा २३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।

जसमध्ये चैत्र ४ सम्म १६ लाख ७३ हजार जनालाई पहिलो मात्रा खोप लगाइसकिएको छ । देशभर दोस्रो मात्राका लागि पनि १६ लाख ७३ हजार डोज आवश्यक पर्छ । तर, नेपालमा अहिले ६ लाख ७४ हजार डोज मात्र बाँकी छ ।

सोही कारण थप खोप नआए दोस्रो मात्रा लगाउने अभियान प्रभावित हुने देखिन्छ । यहीबीच भारतले खोप निर्यात रोकेसँगै नेपालले थप खोप पाउन मुस्किल देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोला कोभिसिल्डको दोस्रो मात्रा खोप लगाए मात्रै यसले काम गर्ने बताउँछन् ।

‘पहिलो मात्राले केही हदसम्म एन्टिजेन हो भनेर चिनाउने हो । पहिलो मात्रा लगाए पनि संक्रमित हुन सकिन्छ,’ उनले भने, ‘दोस्रो खोप लगाएको दुई देखि चार हप्तामा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बन्छ । त्यसैले यसको दोस्रो डोज लगाउन आवश्यक छ ।’

एकलाख पाँच हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप

घरमै बसाैं, सुरक्षित बसाैं ।।

एकलाख पाँच हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप

कर्णाली सरकारको भविष्य माधव समूहको हातमा, आजको

Leave a comment

Your email address will not be published. Required fields are marked *