बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

रासस | बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिव्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।

स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले जानकारी दिए। उनले भने, ‘२६ जनाको शव निकालिएको छ। ५ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।’

अरू बेपत्ता भएको आशंकामा खोजी कार्य तिव्र बनाइएको छ। बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ। एक महिना अघि गत अप्रिल ४ मा कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

गत वर्षको जुन महिनामा पनि यात्रुबाहक डुङ्गा अर्को फेरीसँग ठोक्किएर दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। यस शताब्दीको सबैभन्दा भयानक डुङ्गा दुर्घटना मानिएको घटनामा सन् २०१४ मा १०० जनाको डुबेर ज्यान गएको थियो ।

बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन हो। तर पर्याप्त अनुगमनको अभावमा बर्सेनि धेरै व्यक्तिको डुङ्गाहरु दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

प्राण जोगाउने अक्सिजन अभाव अस्पतालमा सिलिण्डर खोसाखोस

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds