२०८३ जेष्ठ ३० गते
×

Now Playing

म्यानमार आन्दोलनको पक्षमा उभिन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

साथै आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघ लगायतलाई अपिल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार अबेर सकिएको बैठकले म्यानमारमा भएको सैन्य कू र त्यसको विरोधमा भएको दमनको घोर भत्र्सना गरेको छ ।

फेब्रुअरीमा सेनाले शासनसत्ता हातमा लिएपछि म्यानमारमा आन्दोलन चलिरहेको छ । हालसम्म ५०० भन्दा बढी नागरिकको हत्या हुनुका साथै ५ हजारभन्दा बढी पक्राउ परेका छन् ।

कांग्रेसले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित सबै बन्दीलाई विनाशर्त रिहा गर्न र म्यानमारमा लोकतान्त्रिक प्रणाली पुनस्र्थापित गर्न माग गरेको छ ।

विश्वको कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानवअधिकारको आन्दोलनलाई आफूले समर्थन गर्दै आएको स्मरण गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिले भनेको छ, म्यानमारको जारी लोकतान्त्रिक आन्दोलनप्रति पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौं ।’

म्यानमार आन्दोलनको पक्षमा उभिन सरकारलाई कांग्रेसको आग्रह

हात्तीको आक्रमणबाट घाइतेको उपचारमा कुनै कसर बाँकी

म्यानमार आन्दोलनको पक्षमा उभिन सरकारलाई कांग्रेसको आग्रह

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *