चोल्पा कोलकाँडा राक्से खोलामा पुल बन्यो

दुर्गा विसी
सिम्ता, २० माघ ।
सुर्खेत सिम्ता गाउँपालिका वडा ९ खानीखोलाको राक्सेखोलामा ट्रस पुल सम्पन्न भएको छ । उक्त खोलामा पुल नहुदा वर्षेनि स्थानीयले वर्षातमा दुख पाउदै आएका थिए । चोल्पा कोडकाँडा ट्रस पुलको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, जनप्रतिनिधि टेकनारायण विक, मोहन विसि र स्थानीयको उपस्थितिमा उद्घाटन गरिएको छ ।

सिम्ता गाउँपालिकाको समन्वयमा हेल्भटास र समृद्ध समाज विकास केन्द्रको प्राबिधिक सहयोगमा सिम्ता गाउँपालिका–९ स्थित चोल्पा कोटकाँडा जोडने ट्रस्ट ब्रिजको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टोलिले विधिवत् उद्घाटन गरेको छ । करिव १६ लाख लागतमा बनेको उक्त पुल २० मिटर लम्बाई रहेको छ ।

उक्त क्षेत्रमा पुल बनेपछि एक सय ८० घरधुरीका ९ सय स्थानीय लाभान्वित हुने जनाएको छ । पुल नहँुदा बर्षातमा त्यहाँका नागरिकले खेप्नुपरेको सास्ती भने टरेको छ । गाउँपालिका, समुदाय र साझेदारी संस्था सम्वृद्ध विकास केन्द्रको आर्थिक सहयोगमा पुल सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया