सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व

सुर्खेत, १८ पुस ।

सन् २०२१ का लागि सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ चयन भएकी छन् । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को नेतृत्व गुरुङले गर्नेछिन् । कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ र रञ्जना बुढा, महासचिवमा सीता भण्डारी चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा कमला बस्याल, राधा श्रेष्ठ, मनु सुनार, सोना थापा चयन भएका छन् भने कोषाध्यक्ष मनिषा कौशल चयन भएकी छन् । नयाँ कार्यसमितिको कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष लक्ष्मी कार्की प्रधान, अध्यक्षीय सल्लाहकारमा वृन्दा थापा र प्रमुख सल्लाहकारमा सन् २०१३ का अध्यक्ष ज्योति पौडेल चयन भएका छन् । निर्वतमान अध्यक्ष प्रमी शाक्यले २०२१ का अध्यक्ष लक्ष्मी गुरुङलाई शनिबार आयोजित कार्यक्रममा जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तरण गरिन् ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्रप्रसाद दहालले महिलाले मात्रै नेतृत्वको संस्था देशकै उत्कृष्ट रहेको बताए । ‘छोटो समयमै देशभरका शाखाहरुमा तीन पटक सर्वोत्कृष्ट हुनु सामान्य कुरा होइन्,’ उनले भने, ‘महिलाहरुले नेतृत्व पाए पुरुषहरुको भन्दापनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने यो एक उदाहरण हो ।’ सन् २०१० मा स्थापना भएको सुर्खेत महिला जेसीजले तीन पटक उत्कृष्ट शाखाको पुरस्कार पाएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर जेसीज वर्ष २००१ का अध्यक्ष डाक्टरसिंह गुरुङले मातृ संस्था ओझेलमा परिरहेका बेला सुर्खेत महिला जेसीजले समग्र कर्णालीको प्रतिनिधित्व गरिरहेको बताए । उनले अघिल्ला वर्षहरुमा भन्दा अझ राम्रो काम गरेर देखाउन नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

कार्यक्रममा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव एवम् वर्ष २०१३ का अध्यक्ष ज्योति पौडेल, वीरेन्द्रनगर जेसीज वर्ष २०२० का अध्यक्ष शिवराज घिमिरे, पूर्व वर्ष २०१४ का अध्यक्ष निर्मला सुवेदी पाठक, सन् २०१८ का अध्यक्ष लक्ष्मी कार्की प्रधान, वर्ष २०१८ का अध्यक्ष प्रतिमा मल्लाह, वर्ष २०१८ का अध्यक्ष कृति शाक्य गुभाजु, लाइफ कोच राम वि शामलगायतले बोलेका थिए

सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व

बनगाड कुपिण्डे नगरपालिका १ नं वडामा तरुण

Leave a comment

Your email address will not be published. Required fields are marked *