हुम्लामा बढ्यो खाने तेलको मूल्य

हुम्ला, १८ पुस ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा खाने तेलको मूल्य वृद्धि भएको छ । नेपालगञ्ज र सुर्खेतका तेलका डिलरहरुले अभाव भन्दै हुम्लाका व्यापारीलाई तेल दिन नमानेपछि हुम्ला तेलको अभाव हुँदा मूल्य बृद्धि भएको हो ।

एक लिटर धारा तेलको मूल्य ३६५ रुपैयाँ पुगेको स्थानीय उपभोक्ता चैती रोकायाले बताईन् । केही समय अगाडि उक्त तेलको मूल्य २९० रुपैयाँ थियो ।

अहिले खाने तेल बजारमा पाउनै कठिन छ र पाए पनि महङ्गो मूल्य पर्न थालेको छ । त्यसैगरि स्वस्तिक तेलको प्रति लिटर २८५ रुपैयाँ पुगेको छ । यसअघि उक्त तेलको मूल्यप्रति लिटर २२४ रुपैयाँ पर्ने गर्थ्यो ।

देशसञ्चारबाट साभार ।

हुम्लामा बढ्यो खाने तेलको मूल्य

लिमीका गाउँ खाली हुने डर, धेरै घरमा

हुम्लामा बढ्यो खाने तेलको मूल्य

बनगाड कुपिण्डे नगरपालिका १ नं वडामा तरुण

Leave a comment

Your email address will not be published. Required fields are marked *