पक्राउ परेका अभिनेता करणको दुखेसो : श्रीमतीले मलाई थुकिन्, आफैंले टाउको ठोक्काएर मलाई फसाइन्
एजेन्सी । ‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहरा सोमबार राती पक्राउ परेका थिए । श्रीमती निशाले उनीमाथि कुटपिटको आरोप लगाएकी छिन् । यो पूरा मामिलामा करणले एक भारतीय सञ्चार माध्यमसँग कुरा गरेका छन् । यसबारे करण मेहरा के भन्छन् त ?
करण मेहराले यसबारे भने, ‘यो निकै दुःखको कुरा हो । यति वर्षको मिहिनेत, यत्तिका वर्षको तपाईंको विवाहमा यस्तो भइरहेको छ । यो निकै दुःखको कुरा हो । पछिल्लो एक महिनादेखि छलफल चलिरहेको छ किनभने निकै लामो समयदेखि हामीबीच कुराहरु राम्रो भइरहेको छैन । त्यसैले हामीले हामी अलग हुने हो कि के गर्ने हो भन्नेबारे सोचिरहेका छौं । त्यसैले हामीले कुरा मिलाउने कोसिस गरिरहेका थियौं ।’
‘निशाका भाइ रोहित सेठिया पनि आएका थिए, कुरा मिलाउन । निशा र उनका भाइले एक एलिमनी अमाउन्ट मागे तर त्यो रकम यति महँगो थियो कि मैले त्यो गर्न सक्दिनँ भनेँ । एलिमनीको विषयमा कुरा चलिरहेको थियो, हिजो राती पनि यसबारे कुरा भएको थियो । उनी राती १० बजे म भएठाउँ आएर यसैबारे कुरा गरे । मैले ‘म त गर्न सक्दिनँ’ भनेँ । त्यसपछि उनीहरुले कानूनी हिसाबले गर्न भने । मैले पनि ‘म कानूनी हिसाबले नै गर्छु’ भनेँ । ’





