यो बानीका कारण मानिसहरुको हृदयघात–स्ट्रोकको कारण गइरहेछ ज्यान, डब्ल्यूएचओको चेतावनी

एजेन्सी । आजकाल धेरैजसो मानिसहरुको दिनचर्याको धेरैजसो समय अफिसको कामकाजमा नै बित्ने गर्छ । यसैकारण मानिसहरु शारीरिक क्रियाकलाप र व्यायाममा ध्यान दिइरहेका छैनन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले यसकारे जुन आँकडा सार्वजनिक गरेको छ, त्यो निकै भयानक छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार थुप्रै घण्टासम्म काम गरेका कारण स्ट्रोक र मुटुरोगका कारण सन् २०१६ मा ७४५,००० को मृत्यु भयो । यसमा सन् २००० पछि २९ प्रतिशतको वृद्धिदर देखिएको छ ।

रिपोर्टले लामो समयसम्म अफिसको काम गर्दा घातक हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओ र आईएलओका अनुसार सन् २०१६ मा हप्तामा कम्तीमा ५५ घण्टा काम गरेका कारण ३,९८,००० व्यक्तिको स्ट्रोक र ३,४७,००० मानिसहरुको हृदयरोगका कारण मृत्यु भयो । सन् २००० र सन् २०१६ का बीच हेर्ने हो भने लामो समयसम्म काम गरेका कारण मुटु रोगबाट हुने मृत्युको संख्यामा ४२ प्रतिशत र स्ट्रोकका कारण हुने मृत्युमा १९ प्रतिशत वृद्धि भयो ।

धेरैजसो पश्चिमी प्रशान्त र दक्षिण–पूर्व एशियाको क्षेत्रमा बस्ने मानिसहरु, मध्यम उमेर भएकाहरु वा वृद्ध–वृद्धाहरु धेरै घण्टा काम गरेका कारण यस्तो रोगको शिकार भएका छन् । यसका साथै ७२ प्रतिशत मृत्यु पुरुषमा देखियो । धेरैजसो मृत्यु ६० देखि ७९ र ४५ देखि ७४ को उमेरका मानिसहरुमा दर्ता गरिएको छ जसले प्रति हप्ता ५५ घण्टा वा सोभन्दा बढी समयसम्म काम गरेका थिए ।

कामले रोगी बनाउनुको सबैभन्दा ठूलो कारण भनेकै धेरै घण्टासम्म काम गर्नु हो । जहाँ एकातिर संसारमा कामको बोझ बढ्दै गइरहेको छ भने अर्कोतिर यसैका कारण रोगको खतरा पनि बढिरहेको छ । यसले मानव स्वास्थ्यका लागि एक मनोवैज्ञानिक सामाजिक, व्यावसायिक जोखिमजस्ता इंगित गर्छ । यसको सीधा असर लामो समयसम्म काम गर्ने मानिसहरुको दिमागमा पर्न सक्छ ।

अध्ययनका अनुसार हप्तामा ३५–४० घण्टा काम गर्ने तुलनामा प्रति हप्ता ५५ वा सोभन्दा बढी काम गर्दा स्ट्रोकको खतरा ३५ प्रतिशतभन्दा बढी र इस्केमिक हार्ट डिजिजबाट मृत्यु हुने खतरा १७ प्रतिशतभन्दा बढी हुन्छ । यसबाहेक लामो समयसम्म काम गर्नेहरुको संख्या बढिरहेको छ । यस्ता प्रकारका बानी धेरैजसो मानिसहरुमा कामसँग सम्बन्धित रोग र उमेर अगावै हुने मृत्युको खतरालाई बढाउने गर्छ ।

यो नयाँ विश्लेषण यस्तो समयमा आएको छ जब कोभिड–१९ को महामारीका बेला धेरै घण्टा काम गर्ने चलन बढिरहेको छ । यो महामारीमा धेरै घण्टा काम गर्ने प्रवित्तिले प्रोत्साहन पाइरहेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडनहोम गेब्रेयेससले भने, ‘कोभिड–१९ महामारीले थुप्रै मानिसहरुको काम गर्ने तरिकालाई निकै परिवर्तन गरेको छ । थुप्रै उद्योगमा ट्याली वर्किङ अर्थात् वर्क फ्रम होमलाई आदर्श मानिएको छ जसले धेरैजसो घर र कामबीचको सीमालाई धमिलो पारिदिन्छ । यसबाहेक थुप्रै व्यवसायलाई पैसा बचाउनका लागि वा काम बन्द गर्नका लागि बाध्य पारिएको छ र जो मानिसहरु काम गरिरहेका छन्, उनीहरु घण्टौंसम्म काम गरिरहन्छन् । कुनै पनि जागिर स्ट्रोक वा हृदय रोगको खतराभन्दा ठूलो होइन । स्वास्थ्यको देखभालका लागि सरकार, रोजगारी प्रदायक र कर्मचारीले मिलेर कामको घण्टाको सीमा निश्चित गर्नुपर्छ । ’

विश्व स्वास्थ्य संगठनमा पर्यावरण, वायु परिवर्तन र स्वास्थ्य विभागकी निर्देशक डा. मारिया निराले भनिन्, ‘प्रति हप्ता ५५ घण्टा वा सोभन्दा बढी काम गर्नु स्वास्थ्यका लागि एउटा ठूलो खतरा हो । यो समय हामी सबै सरकार र कर्मचारी यो तथ्यप्रति जागरुक हुन र लामो समयसम्म काम गर्दा अकालमा मृत्यु हुनसक्छ भनेर थाहा पाउन आवश्यक छ । ’

‘सरकारले रोजगार प्रदायक र कर्मचारीको स्वास्थ्यका लागि केही कदम उठाउन सक्छन् । सरकार यस्ता कानून, नियम र नीति लागू गर्न सक्छन् जसले अनिवार्य ओभरटाइममाथि प्रतिबन्ध लगाओस् र काम गर्ने अधिकतम सीमा सुनिश्चित गरोस्,’ उनले थपे ।

यो बानीका कारण मानिसहरुको हृदयघात–स्ट्रोकको कारण गइरहेछ ज्यान, डब्ल्यूएचओको चेतावनी

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको

यो बानीका कारण मानिसहरुको हृदयघात–स्ट्रोकको कारण गइरहेछ ज्यान, डब्ल्यूएचओको चेतावनी

गहिरो श्वास लिनुका फाइदाहरु

Leave a comment

Your email address will not be published. Required fields are marked *