जापान पुग्यो जुम्ली मार्सी र सिमी
काठमाडौं, १७ फागुन ।
जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन् । पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान 
पुगेको उनी बताउँछन् । राजका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो । कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे । ।।।उपहार र कोसेलीको रूपमा पहिले पनि जापान पुगेको थियो होला तर व्यावसायिक हिसाबले पहिलो पटक हो,’ उनले भने, ।।।यसले व्यवसायमा अझै उत्साह थपेको छ
।’ राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिबका सञ्चालक भुवन श्रेष्ठले सो परिमाणका सामान माग गरेका हुन् । जुम्ला घर अग्र्यानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन् । संचार माध्यमबाट हाम्रोबारे
थाहा पाएरै जापानबाट अर्डर आएको हो । त्यहाँ नेपाली सिमि प्याकिब र ब्राण्डिब गरेर बिक्री हुनेछ,’ उनले भने । शाहीले क्यानडामा पनि २० टन जुम्ली उत्पादन पठाउने तयारी गरेका छन् । १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए । क्यानडास्थित लायम फुड कपो रेसनका
डा. पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात हुने भएको हो । कम्पनीले वाइवाइ चाउचाउ र चिया पनि ब्यापार गर्दै आएको छ । नेपालबाट क्यानडा पठाइने सामानमा ।।।कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए । ।।।अहिले लोगो तयार गर्ने तथा डी–स्टोन (सामान भएको ढुंगा हटाउने) गर्ने काम भइरहेको छ,’
उनले भने, ।।।अबको १ महिना भित्र क्यानडामा पनि सामान जान्छ ।’ जापानमा सहजै सामान पठाएका शाहीलाई क्यानडा सामान पठाउँन भने केही अप्ठ्यारो भएको छ । क्यानडामा नेपालबाटै प्याकिब गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए । ।।।जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ । हामीले यहाँबाट सामान पठाएपछि





