जिल्ला भलिबल संघको उपाधी सानीभेरी सातलाई

प्रचण्ड खत्री ।

रुकुमपश्चिम, १७ पुस ।

जिल्ला सदरमुकाम मुसिकोटको बराहाटाकुरामा संचालित प्रथम जिल्ला भलिबल कप सानीभेरी सातले जितेको छ । बाफिकोट गाउँपालिका ५ लाई ३० को सोझो सेटमा पछि पार्दै सानीभेरी सातले कप हात पारेको हो । पहिलो र दोस्रो सेट समान २–० का विरुद्ध २५ ले आफ्नो पक्षमा सानीभेरी ७ ले कपका साथै नगद ५१ हजार हात पारेको जिल्ला भलिबल संघले जनाएको छ ।

उपविजेता बनेको बाफिकोट ५ ले भने ३१ हजारमा चित्त बुझाएको छ । बाफिकोट ५ ले नगत सहित ट्रफी पनि हात पारेको आयोजकले बताएको छ । त्रिबेणी गाउँपालिकाले तेस्रो स्थानमा चित्त बुझाएको छ । बिजेता उपविजेता बनेको सबै खेलाडीलाई मेडल र प्रमाणपत्र समेतले सम्मान गरिएको थियो । ५ वटा व्यक्ति गत ईन्भेन्टमा खेलाडीहरु पुरुस्कृत भएका छन् । उत्कृट खेलाडी सानीभेरी ७ का गणेश बुढाथोकी बन्नुभएको छ ।

त्यस्तै उत्कृस्ट स्पाईकर बाफिकोट ५ का सुजन चन्द, उत्कृट सर्भर सानीभेरी ७ का नबिन कुमार बोहरा, उत्कृट डीफेन्डर बाफिकोट ५ का डम्बर केसी र उत्कृट सेटर त्रिबेणी ८ का रोशन खड्का बनेका छन् । बेस्ट प्लेयर ट्रफी सहित ३ हजार र अन्यलाई ट्रफी सहित ३–३ हजारले पुरस्कृत गरी जिल्ला भलिबल संघका अध्यक्ष मोहन कुमार चन्दले बताए ।

संघले लामो समय पछी भलिबल खेल ब्युझायको बताएको छ । गत चैत्र देखि कोरोना भाईरसका कारण ठप्प रहेको भलिबल खेल यो भन्दा अगाडी पनि सुस्थ अबस्थामा रहेको भलिबल संघका जिल्ला अध्यक्ष चन्दले बताए ।

तपाईको प्रतिक्रिया