सिम्ताको आलिमा बत्ती बल्यो

दुर्गा विसी
सुर्खेत, १७ पौष ।
सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ५ बजेडा आलीमा बत्ती बलेको छ । गाउँपालिका र विद्युत प्राधिकरण वितरण केन्द्रको साझेदारीमा काम सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले स्थानीयको घरमा स्विच थिचेर बत्ती बालेर उद्घाटन गर्नुभएको थियोे ।

वडा ५ को आलीमा २ सय ५० घरधुरीमा पहिलोपटक वत्ति बलेको छ । गाउँपालिकाको करिव ३० लाख र अन्य सहयोग प्राधिकरणको तर्फबाट काम सम्पन्न भएको जनाएको छ । गाउँमा बत्ती पुगेपछि स्थानीय मोहन चन्दले खुशी व्यक्त गर्नुभएको छ । बत्तीको लागि पहल कदमि पुर्याउन सफल गाउँपालिका सरकारलाई त्यहाँका स्थानीयले धन्यवाद समेत दिएका छन् ।

सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत प्रत्येक वडाहरुमा संघ सरकार, सामुदायिक विद्युतिकरण र सिम्ता गाउँपालिकाको साझेदारीमा काम अघि बढिरहेको जनाएको छ । २०७८ आषाढ मसान्तसम्म सबै काम सम्पन्न हुने लक्ष्य लिएको अध्यक्ष केसीको दावि छ । सुरुमा सिम्ता उज्यालो कार्यक्रम नामकरण गरेर योजना अनुसार काम अघि बढेको थियोे ।

त्यसले अहिले बल्ल सार्थकता पाएको छ । सबै वडा र वस्तिमा विद्युतिकरणका लागि संघ, प्रदेश, सामुदायिक विद्युतिकरण, प्राधिकरण र गाउँपालिकाको साझेदारी रहने जनाएको छ । विद्युतिकरणको लागि कोभिडले गर्दा रोकिएको कामले पुनः तिब्रता लिएको छ । सिम्ता उज्यालो कार्यक्रम अनुसार करिब २ सय ५० घरधुरी रहेको बस्तिमा बिजुली बत्ती उद्घाटनका लागि वडा कार्यालयको आयोजनामा बिद्युत उद्घाटन कार्यक्रमको गरिएको थियोे ।

वडा नं. ५ का वडा अध्यक्ष मोहन विसीको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, नेकपा पार्टी सचिव झुव वहादुर वुढा, नेकपा स्थानीय नेता ऐन बहादुर चन्द, गणेश विक लगायतले विद्युत उद्घाटन कार्यक्रम आफ्नो भनाइ राख्नुभएको थियोे । कार्यक्रम वडा नं. ५ को वजेडा आलिमा भएको थियोे ।

सिम्ताको आलिमा बत्ती बल्यो

घाँस बोकेर आलोचित सांसदको गाडी जल्यो

सिम्ताको आलिमा बत्ती बल्यो

सानैदेखि थियो शिक्षक बन्ने रहर

Leave a comment

Your email address will not be published. Required fields are marked *