हैन ! ओलीबाका सेनारुनी ओलिबा जस्तै लडाकु नै रैछन त हँ
हैन ! ओलीबाका सेनारुनी ओलिबा जस्तै लडाकु नै रैछन त हँ । अरु ओलीले सदन भंग गरेर गैरसम्वैधानिक काम गरे, गणतन्त्र नै मास्ने भए भनेर यो चिसाँ पिच सडकाँ धर्नादेर बस्याछन् । तर ओलीबाका साइबर सेना भनाउँदाहरु त वीरेन्द्रनगरको सडकाँ धुलो उडाउँदै ओलीबाको गुणगान गाउँदै हिँड्या छन त हँ । साइवर सेना कमाण्डर भै खाका रामभक्त हनुमानजस्तै ओलीभक्त हनुमान (महेश बस्नेत) कर्नालीको राजधानीयाँ आएर पार्टी अफिस कब्जा गर्नु भनेर निर्देशनदेर गए भन्छन् त क्या हो । ओलीबाको यो चाला चाइँ मलाइ नी अल्लि ठिक लाएन है । अन्यथा नमान्न पर्ला है हनुमानजीहरले ।

पार्टीको नेता (मणि थापा) नि बाइराटै आयात गर्ने । अनि युवाहरको नेता (महेश बस्नेत) नि बाइराटै आयात गर्ने हो भने त यो कर्नालीका कमिनिष्टहरले काँ गएर राजनीति गर्ने हो ? कर्नालीका कमिनिष्ट जतिलाई कोइ काँग्रेसाँ गएर राजनीति गर, कोइ साझा पाटिको नेता बन भनम् भनेनी त्यैँका नेता त त्यो पाटीयाँ अट्याछैनन् र सौतेनी झगडाभन्दा डेन्जर झगडा गर्दै हिँडछन् । अनि कमिनिष्टलाई भित्र्याएर काँ होला के ! यो साइवर सेना भन्या त डिजिटल प्रविधिको होला र ह्याकरहरले ह्याक ग¥याभैmँ ह्याक गर्दै हिँडने होला भन्या त यी त साक्षात्कार मान्छे पो रैछन त ! वीरेन्द्रनगराँ सिटी मार्दै मोटरसाइलाँ धुलो उडाउँदै हिँडदै ग¥या देखेसी पो बल्ल था पाएँत नि मैले त साइवर सेना भन्या ।
प्रचण्ड कमरेडले जंगलाँ गठन ग¥या सेना जस्तै त होला यो पनि ! सहराँ गठनभा हुनाले साइवर सेना भा होला के हैन र ? आफूले भन्या जस्तै भएन भने त दाहाल,नेपाल सेना अर्थात (दाने सेना ) र साइवर सेनाको भिडन्यै त होलान् नि ! एउटाले अफिस कब्जा गर्ने अर्कोले हेरेर हाँसी रहने हैन होला क्यारे ! त्यसैले हामी बेबकुफ भनाउँदा जनताहरले कैले सदन भंगभा सम्चार सुनेर रमाउने अनि कैले साइवर सेना र दाने सेना (दाहाल नेपाल सेना ) लडाइँ हेरेर रमाउनेत होलानी । अरु गर्न सकिने हैन । भोट हाल्न जाम भने चुनाउ हुने ठेगान छैन । सडकाँ आन्दोलन गर्न जाम भने तिमरु र तिमरको भोटको काम छैन भनेर संसदै भंग गरेर बस्या छन् । यिनरलाइ फेरि हाम्रो के काम ।
वेदर्षि




