‘कानून नै समाज परिवर्तनका आधार’

सुर्खेत : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कानूनै समाज परिर्वतनको मुख्य आधार भएको बताएका छन् ।

नागरिक सम्वाद केन्द्र सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको बैठकमा सम्बोधन गर्दैे सभामुख शाहीले यस्तो बताएका हुन् । उनले एकल तथा साझा अधिकारका बिषयमा प्रदेशसभाले कानून निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले भने ‘नागरिकलाई कानूनको बारेमा जानकारी दिन उद्देश्यले नागरिक संवाद केन्द्र र पुस्तकालयको स्थापना गर्न लागेका छौँ, प्रदेश सभालाई प्रादेशीक बनाउने प्रक्रियामा अनलाईनबाट प्रत्येक्ष प्रसारण गर्नेछौँ ।’ सभामुख शाहीले कानून निर्माणका क्रममा कर्णालीका सबै जिल्लाका नागरिकसँग परामर्श र सुझाव लिने जानकारी दिए ।

‘कानून नै समाज परिवर्तनका आधार’

संकटामाथि मनाङको सानदार जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *